राजु श्रेष्ठलाई व्यवसायीको प्रश्न : हाम्रो हरेक समस्या आउन सक्नुहुन्छ ?

चितवन, १२ पुस । उद्योग वाणिज्य संघ चितवनका अध्यक्षका उम्मेदवार राजु श्रेष्ठसहितको टिमले मतदाताको घर दैलोमा पुगेर आफ्ना प्रतिवद्धताहरु राखेका छन् । भरतपुरको नारायणगढको वेलचोक क्षेत्रको घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरुबारे मतदातालाई बताउँदै मत माग्न ब्यस्त रहेका राउतले घरदैलो गरे ।
घरदैलोको क्रममा मतदाताहरुले उनलाई ट्राफिक व्यवस्थापन, सडकले पारेको प्रभाव, व्यवसायीक हित र औद्योगिक वातावरण निर्माण लगायतका विषयमा जिज्ञासा राखेका थिए । भने न्यून विजीकरण देखि राजश्व लगायतका हरेक साना समस्यामा आउन सक्ने कि नसक्ने भनि प्रश्न समेत राखेका थिए ।
संघको विभिन्न तहमा बसेर काम गरिसकेकाले ब्यवसायीहरुको समस्याबारे आफु जानकार रहेको बताउँदै श्रेष्ठले थोरै पुँजी लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई प्रवद्र्धन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
‘हामी झुठा सपना बाँढ्दैनौँ, तर बोलेका सबै कुरा पुरा गरेर छाड्छौं’, उनले भने,‘कुनैपनि ब्यवसायीले गरेर खान पाईन भन्ने गुनासो गर्ने ठाउँ रहँदैन । हामी ढुक्कले काम गरेर खान सक्ने वातावरण बनाउँछौं ।’
उनीसँग बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद कडेँल, उपाध्यक्षहरु नविन कडेँल, विपिन रामुदामु, राजेन्द्र कडेँल लगायत सदस्यका उम्मेदवारहरुको सहभागिता रहेको थियो । घरदैलो संगै अध्यक्षका उम्मेदवार श्रेष्ठले विभिन्न बस्तुगत समुहहरुसँग पनि भेटघाट गरेका थिए ।

Promise Education Consultancy