अध्यक्षका उम्मेद्वार ज्ञानेन्द्रमानले भने मेरो समर्थन सहनलाललाई (भिडियो)

 

चितवन, पुस २२ । आसन्न उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका ज्ञानेन्द्रमान शाक्यले सहनलाल प्रधानलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरि शाक्यले उद्योग वाणिज्य संघको गरिमालाई कायम राख्न अध्यक्षका उम्मेद्वार सहन प्रधानलाई समर्थन गरेको घोषणा गरे । उनले अग्रजहरुको सल्लाह र व्यवसायीहरुको सुझावको आधारमा आफू निर्वाचनबाट पछि हटेको बताए । उनले २÷३ वर्ष यता उद्योग वाणिज्य संघ चितवनको गरिमामा आँच आउने खालका गतिविधि भएको र यसले व्यवसायीहरुलाई नै विभाजित गरेकाले सबैलाई एक ढिक्का बनाउने खालको नेतृत्वको आश्यकता रहेको बताए । उनले संघका वर्तमान अध्यक्ष राजन गौतमको कार्यकाल असफल रहेको भन्दै व्यवसायीहरुमा झुठको खेती गरिरहेको आरोप लगाए ।

 

 

प्रधानले सफल नेतृत्व दिन सक्ने भएका कारण पूर्व अध्यक्षहरुदेखि लिएर सम्पूर्ण व्यवसायीहरु उनको पक्षमा लागेको बताए । उनले समयले माग गरे फेरी आफू संघको नेतृत्वका लागि अघि बढ्ने उद्घोष गर्दै अहिले सहन प्रधानकै नेतृत्व खाँचो रहेको औल्याए ।

शाक्यको समर्थन पछि बोल्दै अध्यक्षका उम्मेद्वार सहनलाल प्रधानले आफ्नो जित सुनिश्चित भईसकेको दावी गरे । उनले विगतदेखिको आफ्नो गृहकार्य र एक दशकदेखिको संघमा रहेर हासिल गरेको अनुभव नै जितको आधार भएको बताए । उम्मेद्वार प्रधानले अग्रजहरुदेखि भर्खर संघमा आवद्ध व्यवसायीहरु आफ्नो पक्षमा रहेकोले आफ्नो जित औपचारिकतामा मात्रै बाँकी रहेको बताए ।

Promise Education Consultancy