भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडी पक्राउ

भरतपुर, २२ पुस । चितवन प्रहरीले भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई पक्राउ गरेको छ ।भरतपुरको केन्द्रीय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापामारेर प्रहरीले आपत्तिजनक अवस्थामा ६ जोडी युवा–युवतीलाई होटल कोठाबाट पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा बुधवार दिउँसो ३ बजे होटेलमा छापामारेर शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा वर्ष १८ देखि ४० वर्षसम्मका रहेका छन् । प्रहरीले पक्राउ गरेकाहरूमा भरतपुर–४ का युवराज लामा, गैंडाकोट ५ का भरतपुर–९ का राजेन्द्र बोगटी र भरतपुर–६ का निराजन चौधरी रहेका छन् ।
उनीहरूको साथमा रहेकी डुम्रे–१ तनहुँकी रानी आले (नाम परिवर्तन) भरतपुर–८ की सुविना मगर ९नाम परिवर्तन०, रानी माया लामा ९नाम परिवर्तन० रम्भादेवी कंडेल ९नाम परिवर्तन० भरतपुर–६ रेविका तामाङ ९नाम परिवर्तन० रहेका छन् ।

Promise Education Consultancy