प्रदेश राजधानी बारे सरकारले निकाल्यो नयाँ जुक्ति

 

काठमाडौँ, २२ पुस । सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने र प्रदेश प्रमुख नियुक्त गरेर प्रदेश सभाको पहिलो बैठक काठमाडौमै गराउने तयारी गरेपछि नयाँ राजनीतिक बहस सुरु भएको छ । कतिपयले यसलाई विवादमा नफस्ने सरकारको बुद्धिमत्तपुर्ण निर्णयको रुपमा लिएका छन् भने कतिपयले सरकार डराएर पछाडी हटेको टिप्पणी गरेका छन् ।

राजधानी तोक्ने विषयमा एमाले, माओवादी केन्द्र, समाजवादी फोरम, राजपा लगायतका दलहरुसँग सरकारले सुझाव मागेपनि उनीहरुले कुनै सुझाव नदिएपछि सरकारले नयाँ जुक्ति निकालेको हो । अन्य दलहरुले सुझाव नदिएकाले अस्थायी राजधानी तोक्ने निर्णय काँग्रेसको मात्रै एकल निर्णय हुने र त्यसको विरुद्धमा अन्य दलहरुले राजधानी नतोकिएका ठाँउमा जनतालाई आन्दोलीत गराउने खतरा सरकारले पुर्वानुमान गरेको छ ।

मन्त्री महेन्द्र यादवले अन्य दलहरु निर्णयबाट भागेकाले सरकार एक्लै विवादमा पर्न नचाहेको स्पष्ट पार्नुभयो । निर्वाचन लगत्तै अहिलेको सरकारले प्रदेश प्रमुख र अस्थाई राजधानी तोक्न नमिल्ने र नयाँ सरकारले तोक्नु पर्ने बताउदै आएको बाम गठबन्धनले अहिले भने कुनै निर्णय दिएको छैन । बाम गठबन्धनले निर्णय नदिएकाले सरकारले काठमाडौमै प्रदेश सभा बैठक मार्फत् राजधानीको टुंगो लगाउने तयारी गरेको हो । त्यसका लागि काठमाडौमै सम्पर्क कार्यालय स्थापना गर्ने तयारी समेत गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।

संभवतः सोमबार बस्ने मन्त्री परिषद् बैठकले प्रदेश प्रमुख तोक्ने तर राजधानी नतोकी काठमाडौमै प्रदेश सभाको पहिलो बैठक बसाल्ने निर्णय गर्ने मन्त्री यादवले बताउनु भयो । राष्ट्रियसभा निर्वाचन माघ २४ गते निर्णय भने मन्त्रीपरिषद्ले हिजो नै गरेको छ ।

Promise Education Consultancy