विधिको साशन र पद्धतीलाई स्थापित गर्न मेरो उम्मेदवारी : राजु (भिडियो अन्र्तवार्ता)

चितवन, २२ पुस । विधिको साशन र पद्धतीलाई स्थापित गर्न आफुले उम्मेदवारी दिएको उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताएका छन् ।
‘त्यो विधिको शासन र पद्धती भनेको के हो भनेदेखि उनले भने, अब बरिष्ठ उपाध्यक्ष भएपछि जाने ठाउँ कहाँ हो त नि ? त्यहि विधि अनुसार बरिष्ठ हुदै अध्यक्षमा उम्मेदवारी दिएको हुँ । ’
सौराहा अनलाईन टिभिसगँ संक्षित कुराकानी गर्दै श्रेष्ठले उवासंघ चितवनमा आर्थिक क्रान्तिको रुपान्तरणसगैँ राष्ट्रको अर्थतन्त्रलाई सवल र समक्ष बनाउने तर्फ लाग्ने बताए ।
चितवनको विकास लागि तीन खम्बे अर्थनीतिलाई आत्मसाथ गर्दै शिक्षा, स्वास्थ्य र पर्यटनलाई एकसाथ अगाडी बनाउने बताए ।
उनले कृषि र पर्यटन र औद्योगिक विकासलाई नयाँ नीतिका अगाडी बढाउने बताए ।
चितवनमा पर्ने पहाडी र समथर क्षेत्रलाई समेट्ने बताए । साथै सप्तगण्डकी परियोजनालाई मूर्त रुपमा दिने समेत दावी गरे ।

‘मेरो बच्चादेखिको मिल्न आत्मीय साथी सहनजी हुनुहुन्छ श्रेष्ठले भने विधि र पद्धतीको कुरा गर्ने भने हिजो उवासंघको ईतिहासमा हरेको कोही उम्मेदवार पनि फेरि आएको ईतिहास छैन्, उहाँ मसगँ प्रतिस्पर्धा आउन हुन्थेन वा हुन्थ्यो त्यो उहाँको विषय हो टिकाटिप्पणी गर्न चाहिदिन् । ’

साथै आफुलाई अत्याधिक मतले विजयी गराउन अनुरोध गर्दै उनले व्यवसायी हक अधिकारीको स्थापित गराउन आफु मुत्युको शैयामा नपुग्दासम्म कटिवद्ध भएर लाग्ने उद्घोष पनि गरे ।
हेरौँ बाकी कुराकानी भिडियो माफर्त…….

 

 

Promise Education Consultancy