उपचारका लागि एमाले अध्यक्ष ओली बैंकक जाँदै

काठमाडोँ, २२ पुस । विगत पाँच दिनदेखि अस्वस्थ रहेका एमाले अध्यक्ष केपी ओली थप उपचारका लागि बैंकक जाने भएका छन् । एक्कासि बान्ता र झाडापखाला भएपछि ओली थप स्वास्थ्य परीक्षण गर्न बैंकक जान लागेका हुन् । सुरुदेखि ओलीको स्वास्थ्य जाँच गरिरहेका डा. दिलीप शर्माका अनुसार उनी नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक जान लागेका हुन् ।

देशको विषम परिस्थितिमा अचानक ओली बैंकक जानुले उनको स्वास्थ्यमा थप समस्या भएको आकलन गर्न थालिएको छ । ‘ओलीलाई सुुरुदेखि मैले हेरिरहेको छु, स्वास्थ्यमा कुनै समस्या छैन । नियमित स्वास्थ्य परीक्षणका लागि आगामी हप्ता बैंकक जाने तयारी भएको हो,’ डा. शर्माले भने । ओली बैंकक जाने मिति भने टुंगो लागिनसकेको उनको भनाइ छ । ओलीले मिर्गाैला ट्रान्स्प्लान्टपछि नियमित औषधि खाइरहेका छन् ।

Promise Education Consultancy