यस्तो छ सौगात मल्लको ‘लाल पुर्जा’को दोश्रो ट्रेलर

चितवन, २१ पुस । अभिनेता द्वय सौगात मल्ल र बिपिन कार्की अभिनित चलचित्र ‘लाल पुर्जा’को दोश्रो ट्रेलर सार्बजनिक भएको छ । केहि समय अगाडी मात्र सार्बजनिक गरिएको पहिलो ट्रेलर र गीतलाई निकै मन पराइ राखिएको बेलामा फिल्मको दोश्रो ट्रेलर सार्बजनिक गरिएको निर्माता उमेश श्रेष्ठले जानकारी दिए । सार्बजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार तथा अभिनेता सौगात मल्ल र बिपिन कार्कीको भूमिकालाई देखाईएको छ । उक्त ट्रेलरमा फिल्मको सार कथा लाई बयान गरिएको छ ।

 

 

आफ्नो प्रदर्शन मिती माघ ४ गतेलाई तोकेको ‘लाल पुर्जा’ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । भने रबि चौधरी फिल्मका मुख्य साहयक निर्देशक रहेका छन् । करोड भन्दा माथि लगानी रहेको भनिएको फिल्म ‘लाल पुर्जा’को सबै छायाँकन लमजुङमा गरिएको छ । दोश्रो ट्रेलर‘

बिक्रम सिंह थारु र उमेश श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा सौगात मल्ल,बिपिन कार्की, पुराना चर्चित कलाकार हरिहर शर्मा,कामेश्वोर चौरासिया,मेनुका प्रधान,मिरुना मगर,कुमार नगरकोटी लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्, भने नरेन्द्र मैनालीले छायांकन गरेका छन् ।

Promise Education Consultancy