भरतपुर महानगरको प्रथम नगरमा यस्तो छ नीति तथा कार्यक्रम (भिडियो)

शिव शर्मा
चितवन, पुस २१ । भरतपुर महानगरपालिकाको प्रथम नगरसभा आज देखी सुरु भएको छ । नगरसभाको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरेका छन् । तीन अर्ब ५० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको नगरसभाले विशेष गरी पूर्वाधार निर्माण, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ । विनियोजित वजेटमा पूर्वाधार विकास क्षेत्र तर्फ १ अर्व ३४ करोड ४ लाख ६८ हजार,बतावरण तथा विपद व्यवस्थापन तर्फ १३ करोड ८७ लाख ५० हजार, सामाजिक विकास तर्फ ६० करोड २७ लाख २५ हजार,आर्थिक विकास तर्फ ५ करोड ८१ लाख १६ हजार,प्रशासनिक क्षेत्र तर्फ ४१ करोड ४९ लाख ४१ हजार र सामाजिक सुरक्षा भत्ता तर्फ ४५ करोड रकम विनियोजन गरिएको छ ।

 

 

परिषद्ले स्थानीय तहको संवैधानिक अवधारणा अनुसार नीति, कार्यक्रम तथा कानुन निर्माण गर्ने छ । महानगरमा चक्रपथ, सिटी हल, आकाशे पुल, राष्ट्रियस्तरको रंगशाला, नारायणी नदीमा पक्की पुल,देवघाट मौलाकालिका केवुलकार,भूमिगत पार्किङसहितको व्यावसायिक भवन,ट्राफिक व्यवस्थापन लगायतका महत्वपूर्ण योजनाहरु अघि सारिएको छ ।

एक शहर एक पहिचान, एकीकृत शहरी विकास योजना समेत नीति तथा कार्यक्रमको प्राथमिकतामा रहेको छ । यो सँगै वातावरण तथा सरसफाइ र सामाजिक क्रियाकलापमा समेत महानगरले ध्यान केन्द्रित गरेको छ । महानगरले इको – टुरिजम , खरका घर मुक्त महानगर , महानगर छात्रा वृति कार्यक्रम , हाम्रा बालबालिका हाम्रो भबिस्य अभियान , अति बिपन्न तथा गरिब वर्ग र एचआइभी संक्रमितलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने , जेस्ठ नागरिक दिवा सेवा केन्द्र संचालन , मेयर कप खेलकुदका कार्यक्रम संचालन गर्ने लगाएतका बिसय बस्तु समाबेस छन् ।

यस्तै महानगरले पर्यटनको वृहत्तर योजना समेत ल्याएको छ । प्रांगारिक खेतीमा जोड दिई कृषिको पकेट, व्लक र जोनका कार्यक्रम ल्याउने तथा आन्तरिक स्रोतलाई स्थायित्व बनाउँदै कर तिर्नलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक वडा एक उत्पादनलाई योजनावद्ध रुपमा अघि सारिएको छ । त्यस्तै क्लिन भरतपुर,ग्रिन भरतपुर,एक वडा एक उद्यान,एक वडा एक पोखरी, एक मार्ग एक रङ्ग नारालाई पनि विशेष प्रथामिकतामा राखिएको छ ।

कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगरकी प्रमुख रेणु दाहालले कसैलाई विभेदको दृष्टिले नहेरी नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको वताइन् । उनले कार्यक्रमले नगरबासीका जनभावनाअनुसार काम गर्न थप उत्तरदायी बनाएको बताइन् । सँमृद्ध महानगर वनाउने अभियानमा साथ दिन सवै महानगरवासीलाई उनले आग्रह गरिन् ।
हेर्नुहोस  भिडियो

Promise Education Consultancy