गैँडाकोटको मेलमिलाप सहकारीको नवौं साधारण सभा सम्पन्न, आजै भएको भेलाबाट पुन: चितौरे अध्यक्षमा चयन

राजन खरेल

गैँडाकोट, २१ पौस ।


मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट–३ को नवौं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार जिल्ला सहकारी संघ लिमिटेड नवलपरासीका सचिव तिलक प्रसाद पराजुलीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष धनबहादुर चितौरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै जिल्ला सहकारी संघ नवलपरासीका सचिव पराजुलीले सहकारीले गाउँ गाउँमा सदस्यको जिवनस्तर उकासेको धारणा राख्दैं सहकारीको सिद्धान्तलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा संस्थाका सचिव मिन बहादुर थापा सिजांलीले आर्थिक वर्ष ०७३–०७४ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०७४–७५ को प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, संस्थाले ८ लाख ४९ हजार शेयर पुँजी पुर्याएको बताउनुभयो । सहकारीले शेयर सदस्यहरुलाई विना धितो ऋणलगानी लगायत समुहगत बचत र बचतका आधारमा ऋणसेबा प्रवाह गर्दै आएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष देवसरा पुलामीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै, सहकारीले हालसम्म ६१ लाख बचत गर्न सफल भएको जानकारी गराउनुभयो । कार्यक्रममा लेखा समिती संयोजक सुर्यनाथ तिवारीले लेखा समितीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रममा गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारी, विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव गोविन्द रिमाल, किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरि चालिसे, देउराली सामुदायिक बन गैडाकोट–३ का अध्यक्ष ठाकुर प्रसाद रिमाल लगायतले शुभकामना मन्तब्य राख्दै संस्थाले ग्रामिण भेगमा रहेर यस क्षेत्रका शेयर सदस्यलाई पुर्याएको योगदान बारेको चर्चा गर्र्नुभएको थियो । कार्यक्रमा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बालसदस्यलाई पुरस्कार द्धारा सम्मान समेत गरिएको थियो । यसैबिच साधारण सभामा प्रस्तुत सचिव र कोषाध्यक्षको प्रतिवेदन आजै पारित भएकोे संस्थाका व्यवस्थापक बद्री प्रसाद रिमालले जानकारी दिनुभएको छ ।

यसैबिच आज भएको भेलाबाट पुनः धनबहादुर चितौरे मगरको अध्यक्षतामा ९ सदस्यीय संचालक समिती चयन भएको छ । जसको उपाध्यक्षमा शम्भुप्रसाद तिवारी, सचिवमा भोजप्रसाद खण्डलुक, कोषाध्यक्ष देवसरा पुलामी मगर र सहसचिवमा ओमबहादुर पुलामी मगर रहनुभएको छ । नवनिर्वाचित सदस्यहरुमा विष्णुहरि अधिकारी, विष्णुप्रसाद पोखरेल, बसुन्धरा कुँवर, श्रीमाया गुरुड्ड रहनुभएको । यस्तै भेलाले आजै सुर्यनाथ तिवारीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेच चयन गरेको छ, जसको सदस्यमा बबिना आले र रामकुमारी थापा रहनुभएको छ ।

Promise Education Consultancy