विकसीत र समृद्ध भरतपुर महानगर बनाउने रेनु दाहालको यस्तो छ, ७८ बुँदे योजना (पूर्णपाठसहित)

 

भरतपुर, पुस २१ । चितवनको भरतपुर महानगरपालिकाको पहिलो नगरसभा आजबाट सुरु हुदैं छ । नगरसभामा महानगरको विकासका लागि नगर प्रमुख रेणु दाहालले ७८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

महानगरपालिकाको मेयर बनेकी नेकपा माओवादी केन्द्रकी पालिटव्युरो सदस्य समेत रहेकी रेणु दाहालले सुरुदेखि नै विभिनन कारणले चर्चामा छन् । उनले केही राम्रा कामको सुरुवात गरेकी छन् । महानगरको विकास, सरसफाई, सुशासन, पारदर्शिता र महिला सशक्तिपरणलाई उनले पहिलो प्राथमिकतामा राखे कार्य अगाडि बढाइरहेकी छन् ।

नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा आर्थिक विकासलाई पहिलो नम्बरमा राखिएको छ । भने सामाजिक विकास र पूर्र्वाधार विकासलाई दोस्रो र तेस्रोमा ।

त्यसपछि क्रमशः वन, वातावरण तथा व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, वितीइ व्यवस्थापन र सुशासन परेका छन् । भने दीर्घकालीन योजनामा ९५ किलोमीटर सड्क निर्माण, ठोरी–केरुङ सड्कदेखि ठुला पार्क निर्माणसम्मका योजना रहेका छन ।

कार्यक्रम अन्तरगत सबै भन्दा बढी पुर्वधार विकासमा १ अरब ३४ करोड ४ लाख ६८ हजार छुटाईएको छ । त्यसतै समाजिक विकास तर्फ ६० करोड २७ लाख २५ हजार र कृषि,पर्यटन तर्फ ५ करोड ८१ लाख १६ हजार विनियोजन गरिएको छ । विपद व्यवस्थापन शिर्षकमा १३ करोड ८७ लाख ५० हजार र प्रशासनिक क्षेत्र तर्फ ४१ करोड ४९ लाख ४१ हजार रकम छुटाईएको छ ।

महानगरपालिकाले यस आर्थिक बर्षमा कुल ३ अरब ५० लाख आय गर्ने लक्ष्य लिएको छ । जस मध्ये सेवा शुल्कबाट ६४ करोड २७ लाख ९० हजार , राजस्व तर्फ ७ करोड ,जनसहभागिताबाट १७ करोड ६ लाख ७८ हजार आय हुने जनाएको छ । त्यसतै नेपाल सरकारको अनुदान ५३ करोड २९ लाख तथा निशर्त अनुदान ७९ करोड ७८ लाख ,सामाजिक सुरक्षा भत्ता ४५ करोड र अन्य आय २ करोड २५ लाख आय हुने अनुमान गरेको छ । गत आर्थिक बर्षको अ.ल्या ३१ करोड ६३ लाख पनि आयमा नै समावेश गरेको छ ।

महानगरपालिकाले चालु खर्च तर्फ १ अरब ४३ करोड ९१ लाख १८ हजार तथा पुजीगत खर्च तर्फ १ अरब ५५ करोड ५८ लाख ८२ हजार र वित्तिय व्यवस्थापनमा १ करोड गरि कुल ३ अरब ५० लाख खर्च हुने प्रक्षेपण गरेको छ । त्यसतै वित्तिय व्यवस्थापन तर्फ १ करोड विनियोजन गरेको छ । जुन कुल बजेटको चालु तर्फ ४७.८९ प्रतिशत , पूँगीगत तर्फ ५१.७७ प्रतिशत र वित्तिय तर्फ ०.३३ प्रतिशत हुन आउँछ ।

महानगरपालिकाले पुर्वधार विकास र पर्यटनलाई प्रथामिकतामा राखेको छ । महानगर भित्रका बाटोहरुलाई कालो पत्रे गर्ने तथा पर्यटकीय स्थल निमार्णका लागि पुर्वधारहरु निमार्ण गर्ने दीर्घकालिन योजना साथ अगाडी बढ्ने जनाएको

हेनुहोस नीति तथा कार्यक्रम :

 

Promise Education Consultancy