गैडाकोटमा खुल्ला विश्वविद्यालय स्थापनाको तयारी, प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण

लक्ष्मी पौडेल

गैँडाकोट २१ पुस । नवलपुरको गैँडाकोट नगरपालिकामा खुल्ला विश्व बिद्यालय स्थापना गर्ने बिषयको प्रारम्भीक प्रतिवेदन आज नगरपालिकालाई हस्तान्तरण भएको छ ।
गत अशोज २५ गते नगरपालिकाका जनप्रतिनिधी र सरोकारवालाबिचको छलफलले पहिलो चरणको सम्भाव्यता सम्बन्धी अध्ययन प्रतीवेदन तयार गर्न ५ सदस्यीय समिती निमार्ण गरेको थियो ।
डा. प्रमोद ढकालको संयोजकत्वमा गठीत समितीले ३ महिनापछि शुक्रबार नगरपालिकाका प्रमुख छत्रराज पौडेललाई गैँडाकोटमा खुल्ला विश्व बिद्यालय स्थापनाको सम्भावना रहेको आधारसहितको प्रतीवेदन हस्तान्तरण गरेको हो ।
प्रतीवेदन बुझाउदै समितीका संयोजक डा. प्रमोद ढकालले नेपालमै खुल्ला बिश्व बिद्यालयको अवधारणाले मुर्त रुप लिन नपाईरहेको अवस्थामा देशकै मध्यभाग गैँडाकोट भौगोलीक दृष्टीकोण र जनसंख्याको अवस्थितीले पनि सफल हुने बताउनुभयो ।
नेकपा माओबादी केन्द्रका नेता तथा प्रदेश सांसद देवेन्द्र पौडेल सुनिलको प्रमुख आतीथ्यमा भएको गैँडाकोटमा खुल्ला विश्वविद्यालय स्थापनाको सम्भाव्यता सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा प्रस्तुत प्रतीवेदनमाथी छलफल भएको थियो ।
अध्ययन प्रतीवेदन निमार्ण समितीमा गोविन्दराज विनोदी, गोविन्दराज कोइराला, देवराज पौडेल र करुणासागर सुवेदी रहनुभएको थियो ।
गैडाकोट नगरपािलकाका नगरप्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी उपमेयर विष्णुकुमारी कँडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्देश्य माथी नगरपािलकाका कार्यकारी अधिकृत शिवप्रसाद रिजालले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा प्रदेश नं ४ का प्रदेश सासंद कृष्णचन्द्र नेपाली पोखरेल, पुर्व उपकुलपति डा. अर्जुन कार्की नगरका जनप्रतिनिधीहरु, विभिन्न शैक्षिक संस्थाका अभियान्ताहरु लगायत बुद्धीजिवीहरुको समेत उपस्थिती रहेको थियो । अन्र्तक्रियामा उठेका प्रश्नहरु, विभिन्न चासो तथा जिज्ञाशाहरुलाई कार्यदलका संयोजक डा. प्रमोद ढकालले जवाफ दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि देवेन्द्र पौडेल ले गैडाकोटमा खुल्ला विश्वविद्यालयको अवधारण आउनु खुशीको कुरा भन्दै यसलाई सफल बनाउन आफु लागी पर्ने बताउनुभयो ।
यता गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले प्रतिवेदन बुमm्दै खुल्ला विश्वविद्यालय स्थापनार्थ हुने कानुनी प्रक्रिया बुमmी के कसरी गर्न सकिन्छ भन्ने पारे प्रष्ट हुदै यसलाई प्रक्रिया छिटै लग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत ऋषिराम शर्माले सहजीकरण गर्नुभएको हो ।