महानगरबाट ग्रिन लायन्स क्लब सम्मानित

चितवन, २१ पुस । भरतपुर महानगरपालिकाबाट चितवन ग्रिन लायन्स क्लब सम्मानित भएको छ ।
भरतपुर महानगरपालिकाको प्रथम नगर सभाको अवसरमा बर्षभरिनै महानगरसँगै हातेमालो गरी वातावरणसँग सम्बन्धीत फोहोर व्यवस्थापन, वृक्षारोपण तथा वातावरण संरक्षणका लागि विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभाका सांसद माननिय पुष्पकमल दाहाल प्रचण्डको हातबाट चितवन ग्रिन लायन्स क्लबलाई सम्मानित गरिएको हो ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लबका अध्यक्ष दिपकचन्द्र भट्टराई, दित्तीय उपाध्यक्ष किशोर चन्द्र सापकोटा, सचिव सुमन कोईराला तथा सदस्य हरिहर अधिकारीको उपस्थिती रहेको थियो ।

Promise Education Consultancy