राप्ती नगरपालिकको सार्वजनिक सुनुवाई

भण्डारा २१ पुस । राप्ती नगर कार्यपालिकाको दोश्रो त्रेमासिक सार्वजनिक सुनुवाई शुक्रवार भण्डारामा सम्पन्न भएको छ । चितवन क्षेत्र नं.१ प्रदेश सभा साँसद दावा दोर्जे लामा प्रमुख अतिथि रहेको सो कार्यक्रममा नगरवासीहरुले नगर कार्यपालिकाले प्रदान गर्ने सेवा र सार्वजनिक महत्वको काममा नगरपालिकाले ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्ति गरेका थिए । विशेषगरी खानेपानी,ढल व्यवस्थापन,फोहोर व्यवस्थापन,बजार व्यवस्थापन,सरसफाई,शिक्षाको गुणस्तर सुधार,सार्वजनिक जग्गा अतिक्रमण राक्न नगरपालिकाले सार्थक पहल गर्न नसकेको आरोप लगाएका छन । जवाफमा मेयर वरालले सिमित श्रोत साधन र कर्मचारीको अभावका कारण जनअपेक्षा अनुसार काम नभएको स्विकार गरिन । जनप्रतिनिधिहरुबाट तपाईहरुले ठुलो अपेक्षा गर्नु भएको छ उनले भनिन् हाम्रो नगरपालिका भर्खरै घोषण भएको नगर हो,काम केही पनि नभएका होईन,प्रक्रियागत रुपमा काम भईरहेको छ । उनले नगरसभाबाट पारित गरिएको ६५० वटा योजना मध्य १५० वटा योजना सम्झौता भई काम सुरु भईसकेको र केही योजना सम्पन्न समेत भएको जानकारी दिईन । उनले कृषिको प्रर्बद्धनको लागि अनुदान,चेपाङ वालवालिकाका शिक्षाको लागि छात्राबास,फोहोर व्यवस्थापनको लागि डम्पीङ साइड निर्माण,शिक्षाको गुणस्तर सुधारको लागि नीतिगत योजना ल्याउने काम भईरहेको जानकारी दिईन । कार्यक्रममा उपमेयर इमानसिंह लामाले पहाडी क्षेत्रमा खानेपानीको पहँच पु¥याउन आयोजना निर्माण गर्ने,सडक विस्तार गर्ने,सडक कालोपत्रे गर्ने लगायतका योजना नगर र वडा स्तरबाट भईरहेको बताए । मेयर बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशासकीय अधिकृत मिठाराम हुमागाईले नगरले अहिले सम्म गरेका काम र भावि योजनाका बारेमा प्रकाह पारेका थिए ।

Promise Education Consultancy