पूर्वी चितवनमा दुई ठुला महोत्सवको तयारी तीब्र,एउटै समय तर उद्देश्य फरक

रत्ननगर २१ पुस  । पूर्वी चितवनका दुई वटा नगरपालिकामा एउटै समयमा दुई वटा महोत्सव सुरु हुदैछ । रत्ननगरको टिकौलीमा चितवनको दोश्रो पुरानो रत्ननगर महोत्सव हुदैछ भने खैरहनीको गौचरनमा थारु समुदायका खिचरा महोत्सव हुदैछ । रत्ननगर महोत्सव पुस २७ गते उद्घाटन हुदैछ । त्यसको एक दिन पछि पुस २८ गतेबाट खिचरा महोत्सव सुरु हुदैछ । तर दुई महोत्सवको उद्देश्य भने फरक फरक रहेका छन । रत्ननगर महोत्सव जिल्लाको आर्थिक र व्यवसायिक प्रर्बधन गर्ने उद्ेश्यले आयोजना गरिएको छ भने खिचरा महोत्सव थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव नजिकिदै गर्दा रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघले तयारी करिब अन्तिम चरणमा पुगेको जनाएको छ । उता खिचरा महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले तयारी तीब्र पारेको जनाएको छ । एउटै भूगोलमा दुई ठुला महोत्सव एकै साथ हुँदा अबकोकनकर्ताको सहभागिताको हिसावले एक आर्कालाई असर पु¥याउने चर्चा चलिरहेको छ । तर दुबै आयोजकहरु उद्देश्य फरक फरक रहेकाले एउटा महोत्सवले अर्को महोत्सवलाई असर नगर्ने दावी गरेका छन । रत्ननगर महोत्सवका संयोजक तथा संघका अध्यक्ष राजाराम रेग्मीले उद्देश्य फरक रहेकाले दुबै महोत्सवलाई असर नपुग्ने बताए । रत्ननगर महोत्सवका करिब ८० प्रतिशत काम सकिएको संयोजक रेग्मीले बताए । महोत्सवमा रहने ४५० वटा स्टलहरु बुक भईसकेको र निर्माणको काम पनि सकिएको उनले जानकारी दिए । प्रत्येक दुई वर्षको अन्तरालमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको प्रर्बद्धन गर्ने उद्देश्य रहेको संयोजक रेग्मीले बताए । जिल्लाको सर्वपक्षिय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । महोत्सवमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको छ । स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजन प्रदर्शनको व्यवस्था गरिने छ । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अन्र्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी पनि संचालन गरिने छन् । महोत्सव अन्तर्गत माघ २ गते देखि ६ गते टाँडी चोकमा फुड फेष्टिवल गरिने छ । उता खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । स्टल निर्माण,प्रचारप्रसार र स्वागत गेट निर्माण लगायत करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिए । यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिचर रहने छ । साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ । माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सव परिसरमा सजावटको काम भइरहेको छ । महोत्सवमा २०० कक्ष रहने छ ।महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु ५० तथा विद्यार्थीका लागि रु २५ शुल्क लाग्ने प्रचारप्रसार समितिका संयोजक कारी महतोले जानकारी दिए । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ । रत्ननगर महोत्सव उपराष्टपति नन्दबहादुर पुनले र खिचरा महोत्सव पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने आयोजकले जनाएका छन ।

Promise Education Consultancy