रत्ननगर वडा नंं.३ मा पोषण शिक्षा सुरु

रत्ननगर २१ पुस । रत्ननगर नगर कार्यपालिका वडा नं.३ वडा कार्यालयले पोषण शिक्षा कार्यक्रम सुरु गरेको छ । वडा भित्र रहेका आमा र बच्चाका स्वास्थ्य बचाउन पोषण शिक्षा कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । यस अघि अस्पताल र स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवा स्थानीयको सुविधालाई मध्यनजर गरी वडा कार्यालयबाट सञ्चालन गर्न सुरु गरिएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए । पोषण शिक्षा कार्यक्रम अन्तर्गत सुत्केरी आमाले खाने कुरा,गर्भवती महिलाले लगाउने खोप तथा पाँच बर्ष मुनीका वालवालिकाले लगाउने खोप र पोषण तत्व वितरण गर्ने काम गरिएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए । हरेक महिनाको २१ गते हुने सो कार्यक्रमका लागि रत्ननगर अस्पतालका नर्सिङ र कर्मचारीको टोली खटिने छ । वालवालिकालाई सर्वोतम पिठो वितरण र बनाउने तरिका,पोषण तत्वले आमा र बच्चाको स्वास्थ्यमा पार्ने अबसरका बारेमा गर्भवती महिलालाई प्रशिक्षण दिईएको नगर कार्यपालिका सदस्य तथा महिला स्वास्थ्य स्वयम सेविका मीना गिरीले जानकारी दिईन । वालवासलिकाको उमेर अनुसारको हाईट,तौल र शारिरीक विकासको परीक्षण गरी उनीहरुलाई आवश्यक पर्ने पोषण तत्व वितरण गरिने छ । रत्ननगर अस्पतालका जन स्वास्थ्य निरीक्षण भोजराज खनालको नेतृत्वमा स्वास्थ्य टोलीले सो काम गर्ने छ ।

Promise Education Consultancy