अपहरण आरोपित दुई जनालाई ६ वर्ष कैद

चितवन, २१ पुस। अपहरण तथा शरीर बन्धकसम्बन्धी एक मुद्दाका तीन आरोपित विरुद्ध चितवन जिल्ला अदालतले बिहीबार प्रत्येकलाई ६/६ वर्ष कैद, १३ हजार जरिवाना र २० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
चितवन अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले बिहीबार उक्त फैसला गरेको चितवन अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
धनुषा जिल्ला ढल्केवर गाविस–५ घर भएका वर्ष २८ को भेषबहादुर खड्कालाई चितवन खैरहनी नपा ४ का २६ वर्षीया विमल रानामगर सोही स्थान बस्ने वर्ष २८ को दिनेश लामा र सोही ठाउँका वर्ष २३ का काले लामाले अपहरण गरी राप्ती नगरपालिका–५ चौकीडाँडामा लगि पैसा माग गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय चितवनमा २०७२ पुस १० गते जाहेरी दिएका थिए । आरोपितलाई प्रहरीले पुस १० गते नै गिरफ्तार गरेको थियो ।

Promise Education Consultancy