प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्ने राम कुमारी झाँक्रीको दावी

काठमाडौं, २० पुस  । नेकपा एमालेकी प्रभावशाली युवा नेतृ रामकुमारी झाँक्रीले एकतापछि एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ हुने बताएकी छिन् ।

पार्टी एकतापछि दुई पार्टीका अध्यक्षको व्यवस्थापन कसरी हुने भन्नेबारे चर्चा भइरहँदा युवा नेतृ झाँक्री ट्विट गर्दै एकीकृत पार्टीको अध्यक्ष दाहाल हुने उल्लेख गरेकी हुन् ।

नेतृ झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ सरकारको प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहाल सिंगो कम्युनिस्ट पार्टीको अध्यक्ष बन्ने बताएकी छिन् ।

Promise Education Consultancy