सबैको रोजाईमा राजु श्रेष्ठ, ब्यवसायी भन्छन् श्रेष्ठको बिकल्प छैन्

प्रकाश सिग्देल
चितवन, २० पुस । उद्योग बाणिज्य संघ चितवनमा राजु श्रेष्ठले आफुलाई निकै बलियो र प्रभावशाली अध्यक्षको उमेदवारका रुपमा स्थापित गर्न सक्नु भएको छ ।
विगत १० वर्ष देखि बिभिन्न पदमा रहि व्यवसायीको हितमा काम गर्दै आउनु भएका श्रेष्ठ वर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
वर्तमान कार्यसमितिमा अध्यक्ष गौतम पछाडि उहा कार्यसमितिमा निकै लोकप्रिय पात्र हो ।
उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहदा देखि नै व्यवसायीको बिचमा आफुलाई निकै सशक्त र प्रभावशाली रुपमा स्थापित गर्न सफल श्रेष्ठ यतिबेला भने ब्यवसायीको बिचमा झनै लोकप्रिय बन्नु भएको हो ।
विगतका कार्यकालमा उहाले गरेको योगदानसंगै वर्तमान कार्यकालमा बरिष्ठ उपाध्यक्ष भएर उहाले गरेका कामलेहरेक ब्यवसायीको मन मुटुमा बस्न उहालाई थप मद्धत मिलेको व्यवसायीहरु बताउछन् ।
व्यवसायीलाई हरेक समय रात दिन नभनी सुखदुखमा साथ दिने राजु श्रेष्ठको बिकल्पमा कुनै पनि पात्र बन्न नसक्ने व्यवसायीहरुको तर्क छ ।
श्रेष्ठलाई व्यवसायीहरुले उद्योगी र व्यवसायीको हरेक सुखदुखमा साथ दिने विकल्प बिनाको निस्वार्थी र कर्मठ काम गर्न सकने दक्ष र आट भएको साहासी प्रवृतिको सरल पात्रका रुपमा चित्रण गरेका छन् ।
हरेक मानिस सानो देखी ठुलो सबै संग आत्मिएता भावले प्रस्तुत हुने यो पाटि त्यो पार्टी, आफनो पराई केही नभनि सबैलाई समान भावले सहयोग गर्ने व्यक्ति राजु श्रेष्ठ भएको र उहाको जितका लागी सबै व्यवसायी श्रेष्ठको पक्षमा हरेक समय साथ दिन तयार रहेको फेन्सी व्यवसायी संघका जिल्ला अध्यक्ष बालकृष्ण कंडेलले बताए ।
आफुहरु श्रेष्ठलाई जिताउन खुलेरै लागेको र आफुहरुलाई समस्या पर्दा हरेक समस्यामा श्रेष्ठले साथ दिएकाले सबै व्यवसायीहरु श्रेष्ठ जिताउने अभियानमा हिडेको उनको भनाई छ ।
आफुले विगत लामो समयदेखि व्यवसायीको हकहितमा मात्रै समय विताएकोले विधि र विधानसंगै व्यवसायीको माया र साथले आफु चुनावी मैदानमा हुमिन तयार भएको र आफनो जित सूनिश्चित भएको श्रेष्ठ बताउछन् ।
त्यस्तै उद्योग बाणिज्य संघ चितवनको आगामी अधिवेशनमा बरिष्ठ उपाध्यक्षका दावेदार बिष्णु कंडेलले आफनो प्रतिस्पदीलाई प्राध्यापक संगठनको चुनाव लड्न आग्रह गरेका छन् ।
आफु व्यवसायीक धरातलबाटै यो स्थानमा आएको र आगामी दिनमा पनि व्यवसायीकै हितका लागी चुनाबवी मैदानमा खडाभएको भन्दै उनले कलेज पढाउने व्यक्तिले उद्योग वाणिज्य संघमा चुनाव लड्न उचित नहुने तर्क गर्दै उद्योग बाणिज्य संघमा चुनाव लड्न छाडेर प्राध्यापक संगठनको चुनाव लड्न आग्रह गरेका छन् ।