खिचरा महोत्सवमा थारुको भेषभुषा तथा गरगहना लागाएर फोटो खिच्न पाइने

दीपेश चौधरी

चितवन, २० पुस । चितवनको खैरहनीमा आयोजना हुन लागेको पाँचौ खिचरा महोत्सवमा थारु भेषभुषा सहित गरगहना लगाएर फोटो खिचाउन सकिने व्यवस्था गरिएको छ । महोत्सव प्रवेश गर्ने दर्शकहरुले इच्छा अनुसार थारुहरुले लगाउने जातिय पहिचान झल्कीने भेषभुषा सहित गरगहना लगाएर फोटो खिच्न पाउनेछन् । त्यसको लागि छुट्टै स्टलको व्यवस्था गरिएको छ ।

खिचरा महोत्सवकै इतिहासमा फोटो खिच्नका लागि छुट्टै स्टल राखिएको यो पहिलो पटक हो । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले महोत्सव अवलोकन सँगै महोत्सव परिसरमै त्यो पनि थारुकै भेषभुषा लगाएर फोटो खिच्न पाउने भएपछि अवलोकन गर्न आउनेहरुका लागि यादगार महोत्सव हुने आयोजकको विश्वास छ । फोटो खिचाउन चाहने दर्शकहरुले निश्चित मूल्य तिरेपछि पाँच मिनेटमै फ्रेममा राखिएको फोटो प्राप्त गर्नेछन् ।
महोत्सव परिसरमा राखिको घुङी र पोकाको विशाल मूर्ती का साथै महोत्सवमा आउने कलाकारहरु सँग बसेर फोटो खिच्ने दर्शकका लागि राम्रो अवसर हुनेछ । खिचरा महोत्सवले आफूहरुको सस्कृती जर्गेना गनुको साथै लोपोन्मुख अवस्थामा रहेको थारुको भेषभुषा तथा गरगहनाको प्रचार प्रसार हुने उद्देश्यले महोत्सवमा फोटो खिच्ने वातावरण तयार पार्न लागिएको हो ।
खैरहनी ५ जबकौली स्थीत गौचरमा हुने पाँचौं खिचरा महोत्सव पौष २८ गतेदेखि माघ ८ गते सम्म चल्ने छ । महोत्सवको तयारी करीब अन्तीम चरणा पुगको महोत्सव संयोजक नारायण महतो ले जानकारी दिनु भयो ।

यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिचर रहने छ । साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ । महोत्सवमा दैनिक विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

यो पटक गायक प्रमोद खरेल, शिव परियार, कमल खत्री, ज्योती मगर, मिलन लामा, मिलन अमात्य, मनोज महतो, सन्जय चौधरी, अमित सिंह लगायत नाम चलेका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ आफ्नो सांगेतीक प्रस्तुती प्रस्तुत गर्नेछन् ।
महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ तथा विद्यार्थीका लागि २५ रुपैयाँ शुल्क लाग्नेछ । महोत्सवमा होटल, अटो परिसर, कृषी उपज लगाएता २०० वटा स्टल रहने छ । करिव दुइ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

Promise Education Consultancy