अध्यक्ष राजन गौतमको उवासंघ चितवनमा यि हुन् २५ उपलब्धी (हेरौँ पुरा विवरण र भिडियो)

 

चितवन, २० पुस । लामो संघर्ष र चुनौतीका बाबजुत आफु र आफ्नो कार्यसमितिले उवासंघको चितवनलाई नयाँ उचाईमा पुराएको संघ अध्यक्ष राजन गौतमले बताए ।

संघ दुई वर्षे कार्यकाल सकिनै लाग्दा आफ्नो उपलब्धि सार्वजनिक गरेको छ ।

अध्यक्ष गौतमले पत्रकार सम्मेलन गर्दै संघले दुई वर्ष अवधिमा २५ वटा विभिन्न उपलब्धी हासिल गरेको कार्य प्रगती पेश गरेका थिए ।
विभिन्न असहयोगका बाबजुत पनि जिम्मेवारी हस्तानान्तरणको दिन सम्म आइपुग्दा समेत मेरो शिर ठाडो हुंदै गर्दा संस्थाको छवि अझ उच्च, अझ विस्तारित , परिमार्जित निश्कलंक रुपमा एउट अर्को उचाइमा पु¥याउन बर्तमान समिति पूर्ण रुपमा सफल भएको बताए ।

उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै आउँदो अधिवेशन सफल बनाउन सबैमा अनुरोध गरे ।
निकै भाबुक बनेका अध्यक्ष गौतमले आफ्नो दुई वर्षे कार्यकालमा पूर्व अध्यक्षहरुबाट सहयोग नमिलेकोमा दुखेसो पोख्दै आफ्नै बलबुतामा संस्थाको गरिमा उच्च राख्ने काम गरेको बताए । सो अअवसरमा पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई, निवर्तमान अध्यक्ष कल्याण जोशी, नेपाल पत्रकार महासंघ चितवन संघका पदाधिकारी र सदस्यहरुको सहभागी रहेको थियो ।

 

उद्योग वाणिज्य संघ– चितवनद्धारा आयोजितकार्यसमिति २०७२/२०७४ को

कार्यकाल समिक्षा वैठक तथा धन्यवाद ज्ञापन कार्यक्रम एवम् पत्रकार सम्मेलन ।

आदरणिय पुर्वअध्यक्षज्यहरुू
निबर्तमान अध्यक्षज्यू,
पदाधिकारी मित्रहरु, कार्यसमितिका सदस्यहरु,
बिभिन्न बस्तुगत संघका अध्यक्षज्यूहरु, साधारण सदस्यज्यूहरु,
पत्रकार मित्रहरु , तथा उपस्थित सम्पूर्णमा हार्दिक स्वागत अभिवादन ।

आज हामि उद्योग वाणिज्य संघ–चितवनको आसन्न ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशनका संघारमा रहेका छौं । संघले गत वर्षका साधारणसभा पश्चात संचालन गरेका क्रियाकलाप तथा कार्यक्रमहरुको प्रतिवेदन साधारण सभाको कार्यक्रममा नै प्राप्त गर्नुहुनेछ भने त्यस पूर्वको एक बर्षका गतिबिधि पनि प्राप्त गरिसक्नु भएको छ । तथापि म आज यहांहरुको उपस्थितिमा संघको बर्तमान अध्यक्षको हैसियतले कार्यसमितिको तर्फबाट केहि कुराहरु राख्न सान्दर्भिक ठानेको छु ।
मिति २०७२ पौष २७ र २८ गते सम्पन्न संघको ४९ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट मैले नेतृत्वको जिम्मेवारि पाएर जुन गर्वले शिर ठाडो भएको थियो , आज त्यो जिम्मेवारी हस्तानान्तरणको दिन सम्म आइपुग्दा समेत मेरो शिर ठाडो हुंदै गर्दा संस्थाको छवि अझ उच्च, अझ विस्तारित , परिमार्जित निश्कलंक रुपमा एउट अर्को उचाइमा पु¥याउन बर्तमान समिति पूर्ण रुपमा सफल भएको छ ।

म संघमा प्रवेश गर्दा जुन उत्साह, उमंग, जोश,जा“गर र विशाल ह्दय लिएर आएको थिए“, प्रस्थान गर्ने समय आउंदै गर्दा संस्थाको नाम, मान, प्रतिष्ठा र संस्थाको लोकप्रियतालाई अझै उंचो बनाउने सन्दर्भमा आफु र आफ्नो कार्यसमिति सफल भएको महशुस गर्न पाउंदा गौरवले मेरो छाति चौडा भएको मैले अनुभुति गरेको छु । कुनै पनि संघ, संस्था मा प्रतिनिधि चयनको सवैभन्दा उपयुक्त र प्रजातान्त्रिक विधि भनेको निर्बाचन हो । तथापी,यसको सकारात्मक पक्षका बाबजुत केहि असजिला तथा अफ्ठेरा पक्षहरु पनि बिद्यमान रहेका छन् जुन हामिहरुले भोगिसकेको यथार्थ हो ।

संघको प्रथम दित्तिय र तृतिय उपाधयक्ष पदमा मनोनयन गर्ने सन्दर्भमा हामिले निर्बाचन प्रक्रिय नअपनाइ सहमतिय अभ्यास ग¥यौं जुन एक नितान्त नौलो अभ्यास हो । प्रजातान्त्रिक अभ्यास गर्ने सन्दर्भमा बिभाजित मानशिकताबाट आएका समुहलाई एक ढिक्का बनाएर लैजानु मेरो सबैभन्दा पहिलो चुनौतिका रुपमा रहेको थियो तथापी हामिहरु बिच हामि भन्ने भावना (Sense of We feeling) ले काम ग¥यो र यस किशिमको चुनौतिबाट सहजै रुपमा पार हुन सक्यौं जहां केहि स्वभाविक मतभिन्नता रहेता पनि सिंगो कार्यसमिति एक छ र ऐक्यवद्धता कायम रहेको छ ।
संस्थागत रुपमा देशभर रहेको अधिकांश जिल्ला, नगर उद्योग वाणिज्य संघहरु संग सम्पर्क, सम्बन्ध र सहभागिता हाम्रो कार्यकालमा पनि यथावत रह्यो, अझै भन्नुपर्दा थप बढि घनिभुत, सक्रिय र प्रगाढ बन्न सक्यो जसका कारण हाम्रो संस्थाबाट संघका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईज्यू, निबर्तमान अध्यक्ष श्री कल्याण जोशिज्यूलाई नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यकारिणी समिति सदस्यमा निर्बाचित गर्न सफल भएका थियौं हाल उहांहरु क्रमकःAgriculture and Forestry Groups संयोजक तथा मेला महोत्सव प्रबद्र्धन समितिको सदस्य समेत रहनु भएको छ । यसरि एउटै संघबाट राष्ट्रिय नेतृत्व सम्म संघ सफल भएको छ । यो एउटा ऐतिहांसिक उपलब्धि हो ।

यसै गरि नेपाल उद्योग वाणिज्य महासंघको ३ नं. प्रदेशमा म स्वयं पनि उद्योग वाणिज्य संघ–चितवनको अध्यक्षको हैसियतले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षसाथीहरुले गरेको उच्च मुल्यांकनका कारण उपाध्यक्ष पदमा निर्बाचित हुन पाएको छु यो पनि मेरो लागि मात्र नभइ सस्थाका लागि एक सुवर्ण अवसर समेत हो ।

संघको ख्यातिलाई देश विदेश सम्म पु¥याउन संघले अनवरत रुपमा क्रियाशिलता प्रदर्शन गर्दै आइरहेको छ , संघको इतिहांसमा नै प्रथम पटक नेपाको निजि क्षेत्रकै प्रतिनिधित्व गरि मैले मलेशियामा गत नोभेम्वरमा निजि क्षेत्रको भूमिका विषयमा कार्यपत्र प्रस्तुति गर्ने जुन शुभ अवसर पाएको थिएं, त्यो अवसर पनि संघका लागि एक अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार तथा संघको क्षमता प्रदर्शन गर्ने दरिलो प्लेटफर्म रहेको थियो भन्ने मैले अवगत गराउन चाहान्छु । Employees Relations Services for EOS in South Asian Region विषयक अन्र्तराष्ट्रिय कार्यक्रम ) यसै गरि संघको प्रतिनिधित्व गर्ने गरि सेप्टेम्वर ८ देखी १०, २०१६ मा भुटानको थिम्पुमा आयेजित सार्क स्तरिय कार्यक्रममा म लगायत संघका वरिष्ठ उपाधयक्ष, प्रथम उपाध्यक्ष, भरतपुर महानगरपालिकाका कार्यकारि अधिकृत राजनैतिक दलहरु सहित सहभागिता जनाउनु र उक्त वातारण सिर्जना गर्न सक्नु पनि सामान्य करा नभई मैले एक उल्लेख्य उपलब्धिहो भन्ने ठानेको छु ।
कुनै पनि संस्थाले राज्य भित्र रहेर व्यवसायिक प्रबद्र्धनका सन्दर्भमा गरिने गतिबिधि बाट प्राप्त हुनआउने आम्दानि सरकारले निर्दिष्ट गरेको दायरामा कर तिर्नुपर्दछ र राष्ट्रिय हितका विकास निर्माणका कार्यहरुमा योगदान दिनुपर्दछ भन्ने मान्यतालाई मध्यनजर गरि हामिले गत बर्ष सम्पन्न गरेको चितवन महोत्सव –२०७३ महोत्सवलाई नै आन्तरिक राजश्व कार्यालयमा दर्ता गरि हामिले आयकर तर्फ रु. १३,८५,९३४।९२ र मु. अ. कर तर्फ ५,५८,९९४।६४ गरि जम्मा १९,४४,९२९।५६रकम भुक्तानि गरिसकेका छौं ।

यसले देश भित्र सञ्चालन हुने कुनै पनि मेला तथा महोत्सवहरु करको दायरामा आउनुपर्दछ र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्नुपर्दछ भन्ने हाम्रो मान्यता अन्य स्थानहरुमा पनि एक नजिरको रुपमा स्थापित हुन लागेको छ जुन संस्थाको लागि एक गौरवकै कुरा हो भन्ने मलाई लाग्दछ ।

उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत विकासमा सहयोग पु¥याउने हेतुले आय–आर्जनको रुपमा संघको परिसरमा गेष्टहाउस सञ्चालन गरि जुन आम्दानि हासिल गरिरहेका थियौं तर करमा दर्ता भएका थिएनौं जसका कारण उक्त गेष्टहाउस एक अवैधानिक व्यवसाय बनेको थियो त्यसलाई पनि करको दायरामा ल्याई सञ्चालन गर्नुपर्दछ भन्ने मान्यता राखि चेम्वर गेष्टहाउसका नाममा मूल्य अभिबृद्धी करमा दर्ता ग¥यौं ।

यस किशिमका उदाहरणिय कार्य लगायत राष्ट्रको कर प्रशासन संग गरिएका समन्वयात्मक भुमिकाले गर्दा संघको इतिहा“समा पहिलो पटक आन्तरिक राजश्व कार्यालय बाट सम्मानित भएका छौं, जुन एक अनुकरणिय प्राप्ती तथा काम हो भन्ने हामिले विश्वास गरेकाछौं ।
संघबाट गरिने सम्पूर्ण गतिबिधहरुलाई पद्धतिय हिसावमा लांदै हामिहरुले गरेका क्रियाकलापहरु सदैव समितिबाट सर्बसम्मत रुपमा निर्णय गरि सम्पन्न गर्ने गरेकाछौं । हामिले अवलम्बन गरेका विकासका ४ क्षेत्रहरु स्वास्थ्य, शिक्षा, कृषी पर्यटनलाई Four Piller of development कार्ययोजनानै बनाई बिभिन्न सान्दर्भिक कार्यहरु सम्पन्न गरेका छौं साथै संघका सदस्यहरु लाभान्वित हुने खालका बिभिन्न तालिम, गोष्ठि, कार्यशाला, मेला , प्रदर्शनीहरु त नियमित क्रियाकलापहरु नै भए जुन मैले अहिले उल्लेख गरिरहनु पर्दैन । संघले हाम्रो कार्यकालमा सम्पन्न गरेका केहि उल्लेख्य क्रियाकलापहरुलाई मैले सरसर्ति बुंदागत रुपमा उल्लेख गर्न चाहान्छु ।
१. व्यवसायीहरुको संघलाई हेर्ने दृष्टीमा सकारात्मक परिबर्तन ल्याउंदै संघको सदस्यतामा बृद्धी गर्ने काम ।
२. वस्तुगत संघलाई बृद्धी गरि ३० बनाउनु ।
३. संघले आयोजना गर्ने मेला महोत्सव बाट बाल उद्यान , मौतका कुवा जस्ता कार्यक्रम बाट ठुलो राशिमा नेपाली मुद्रा विदेशिने प्रबृतीमा रोक लगाउनु ।
४. नेपाल उद्योग वाणिज्य महासंघ बाट उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा पुरस्कृत हुनु ।
५. लामो समय सम्म अवैध रुपमा सञ्चालन गर्दै आइरहेको संघको परिसरमा रहेको चेम्वर गेष्टहाउसलाई कर कार्यालयमा दर्ता गरि करको दायरमा ल्याई संघको गरिमामा बृद्धी गर्नु ।

६. संघको समन्वयात्मक भूमिकाका कारण पहिलो पटक आन्तरिक राजश्व कार्यालय बाट पुरस्कृत तथा सम्मानित हुनु ।
७. संस्थाको लोगो अंकित पिन तयार गरि संस्थापक सचिवज्यूलाई सम्मान गर्नु तथा उहांकै हातबाट क्यालेन्डर बिमोचन गरि अग्रजहरु प्रति सम्मान ब्यक्त गर्ने काम ।
८. बिभिन्न उद्योग वाणिज्य संघ तथा महासंघ लगायत राष्ट्रिय अन्र्तराष्ट्रिय कार्यक्रममा संघबाट प्रतिनिधित्व गर्दा समेत संस्थालाई कुनै किशिमको व्ययभार नपारि व्यक्तिगत रुपमा खर्च गर्ने परम्पराको शुरुवात गरेका छौं भने संघको तर्फबाट कुनै संघ, सस्था तथा कार्यालयमा सहभागिता जनाउंदा प्राप्त हुन आउने रकमलाई समेत सामाजिक संस्थालाई सहयोग गर्ने कामको शुरुवात गर्ने काम ।
९. बर्तमान समितिको कार्यकालमा आफ्नो भवन बनाउने बस्तुगत संघलाई संघबाट मात्र नभई व्यक्तिगत रुपमा समेत सहयोग गर्नु ।
१०. क्षेत्रिय उद्योग वाणिज्य संघको रुपमा रहेको खैरहनि उद्योग वाणिज्य संघलाई नगर स्तरिय उद्योग वाणिज्य संघमा परिणत गर्न महत्वपूर्ण भूमिका खेल्नु तथा भवन निर्माणार्थ १ लाख नगदले सहयोग गर्नु ।
११. बिभिन्न शिर्षकमा छरिएर रहेको रकमलाई एकतृत गरि संघको माताहतमा एकमुष्ठ रुपमा १ करोड सञ्चय गरि बैंकमा जम्मा गरि १२.५ प्रतिशत व्याजदरमा लगाई थप आय आर्जनको सिर्जना गर्नु । (नारायणी नदी संरक्षण समितिको रु ६३ लाख र रु ३७ लाख संघको आन्तरिक रकम गरि)
१२. माडि र मुग्लिङ उद्योग वाणिव्य संघहरुको विस्तार गर्दै उनिहरुलाई सवलिकृत गर्नु ।
१३. बस्तुगत संघहरुको विस्तार गर्दै अटोल्यान्डको लागि जग्गा पहिचान गर्नु तथा अध्ययन अवलोकन कार्यक्रमको आयोजना गर्नु ।
१४. सवै दर्जा तथा स्तरका सचिवालयका कर्मचारिहरुलाई सम्मानजनक व्यवहार गर्दै संघ प्रतिको समर्पणमा बृद्धी गराउंदै क्षमता अभिबृद्धीमा जोड दिनु ।
१५. संघबाट निर्णय गराई पहिलो पटक जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणमा सञ्चारकर्मि साथिहरुको समेत सहभागिता तथा प्रतिनिधितव गराउनु ।
१६. देशमा सम्पन्न स्थायिन लगायत प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदावारहरुलाई संघमा उपस्थित गराई औद्योगिक विकासमा उनिहरुको राय संकलन गर्नुका साथे प्रतिबद्धता आह्वान गर्नु ।
१७. भरतपुर बजार क्षेत्रमा रहेको ताजा तरकारि तथा फलफुलको जुन आवश्यकता थियो उक्त समस्याको समाधान र व्यवस्थापन र स्थानान्तरण गरि व्यवसायिको संरक्षण र व्यवसाय बृद्धीमा विकास गरियो ।
१८. नारायणगढ–मुग्लिङ सडक खण्डको स्तरोन्नती गर्ने सन्दर्भमा जुन पुल्चोकलाई शुरु विन्दु मानि सडकको दाया“, वाया“ २५।२५ मिटर बाटो छाड्नुपर्ने मापदण्ड रहेको थियो जसबाट करिव १ हजार व्यवसायी विस्थापित हुने सम्भाना रहेको थियो त्यसलाई सच्चाउनका लागि थालनि गरेको सडक संघर्ष समितिको कार्यलाई निरन्तरता दिंदै शुरुका दिन बाट गरिएका क्रियाकलापहरुमा थप दवाव, थप तर्क,कागजात लगायत प्रधानमन्त्री देखि लिएर सडक बिभाग सम्म गरिएको अथक प्रयास बाट अन्ततः गत मंसिर १४ गतेको मन्त्रिपरिषद्को निर्णय बाट उक्र निर्णयलाई बदर गराउन सफल भइयो यो पनि यस कार्यकालको एक महत्वपूर्ण उपलब्धि रहेको छ ।
१९. मिति २०७३ फागुनमा औद्योगिक क्षेत्रको घोषणाको लागि पहल गर्ने सन्दर्भमा होस् वा चितवन उद्योग संघले निर्माण गर्दै गरेको औद्योगिक प्रदर्शनी कक्षको निर्माणमा होस हाम्रो सहयोग र साथ रहिनै रह्यो भने उक्त प्रदर्शनी कक्षको निर्माणार्थ संघ बाट एकमुष्ठ रु. ११,११,१११।०० (एघार लाख एघार हजार एक सय एघार ) सहयोग गर्न सक्षम भयौं ।

२०. यहि बर्ष भाद्रमा आएको बाढिका कारण विस्थापितहरुलाई सहयोग गर्नका लागि रु २०००००।०० को राहत कोष खडा गरि बिभिन्न ठाउमा राहत वितरण गर्न सफल भएका थियौं । व्यवसायीहरु बाट संकलित राहत समाग्री तथा संकलित रकम गरि ५०,००,०००।०० बरावरको राहत सामाग्री वितरण समेत गरेका थियौं ।
२१. संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगतनै रहि यसै कार्यकालमा हामिले व्यवसायीहरु नाफा घाटाको हिसाव कितावमा मात्र सिमित रहन्छन् भन्ने गुनासोलाई चिर्दै उनिहरु पनि देशको बिभिन्न सामाजिक क्षेत्रमा योगदना गरिरहेकाछन् भन्ने सन्देश समेत दिने गरि शिक्षाको उज्यालो ज्योति बाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने मान्यताका साथ एक व्यवसायी एक विद्यार्थि  One Enterprise One Student कार्यक्रमका लागि रु २,५०,०००।०० को कोष स्थापना गर्न सफल भएका छौं । हामिलाई आशा छ यस कार्यक्रमलाई आगामी नेतृत्वले तदारुकताका साथ अगाडी बढाउनेछ ।
२२. उद्योग वाणिज्य संघको संयाजकत्वमा सम्पनन भएको चितवन महोत्सव – २०७३ बाट बचत हुन आएको रकमलाई संघको पहलमा संघको माताहतबाट संघकै संयोजनमा खर्च गर्ने गरि संघको लक्ष्यअनुरुपमा कार्यक्रम आयोजना गर्ने गरि संघका नाममा स्थानान्तरण समेत गर्न हामि सफल भएका छौं ।
२३. बिभिन्न शुभ अवसरहरुमा सिमित रुपमा मनाउंदै आइरहेको शुभकामना आदान–प्रदान कार्यक्रम बृहत रुपमा संस्थाका सम्पूर्ण साधारणसदस्यज्यूहरु, कर्पोरेट सदस्य,क्षेत्रिय सदस्य, वस्तुगत संघ, कार्यसमिति , पूर्व अध्यक्ष र स्थानिय निकायका प्रमुखहरु संग बृहत रुपमा मनाउने परम्पराको थालनी ग¥यौं जुन संघका सदस्यज्यूहरु प्रतिको एक उत्तरदायितन्व समेत रहन्छ भन्ने मान्यता राख्यौं र त्यसलाई कटिबद्ध रुपमा पालना पनि ग¥यौं ।
२४. मिति २०७४ साउन २ र ३ गते दुइदिवसिय स्क्रिन प्रिन्ट प्रर्दशनिको आयोजना गरि २० जना स्थानिय युवाहरुलाई तालिममा सहभागि गराईयो र हाल १५ जना युवाहरु स्वारोजगार हुन सफल भएकाछन् ।
२५. राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्था लयायत नेपाल सरकारका बिभिन्न निकायहरु संग समन्वय गर्दै आफ्ना गतिबिधि अगाडी बढाउने सन्दर्भमा हामिले नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रायल अन्र्तगतको निकासी प्रबद्र्धन केन्द्र संग चितवन जिल्लाको कृषी क्षेत्रलाई प्रबद्र्धन गर्ने तथा पिछडिएका बर्गहरुलाई शिप मूलक तालिम उपलब्ध गराई स्वरोजगारको ग्यारेन्टी गर्ने अभिप्रायले यसै बर्ष ५ वटा कार्यक्रम गर्नका हालै संघका प्रथम उपाध्यक्ष श्री चुननारायण श्रेष्ठको नेतृत्वमासंझौता पत्रमा९ःइग्० हस्ताक्षर गरिससकेकाछौं । साथै उक्त कार्यक्रम मध्ये पहिलो कार्यक्रम गुणस्तरिय मह उत्पादन सम्बन्धि कार्यक्रमलाई मन्त्रालयबाट नै रकम बिनियोजन भइ सकेको छ । भने उक्त मन्त्रालय संग थप अन्य कार्यक्रमका लागि समेत संझौता हुंदछ ।
साथै गत बर्ष सम्पन्न चितवन महोतसव–२०७३ को बचत रकम मध्ये स्थानिय आयोजक संस्थाहरुः जिल्ला समन्वय समिति–चितवन, भरतपुर महानगरपालिका संग पहल गर्दै निम्नानुसारको क्षेत्रमा तपशिल बमोजिमको रकम बिनियोजन समेत गरिएको छ ः
क) उद्योग संघलाई भवन प्रदर्शनी भवन निर्माणर्थः रुं ११,११,१११।००
ख) नेपाल पत्रकार महासंघको भवन निर्माणर्थः रु. २,००,०००।००
ग) नेपाल जनजाति महासंघ– चितवनलाई ः रु. १,५०,०००।००
घ) नेवाः पुचः नारायणगढलाईः रु. ५०,०००।००
ङ) नारायणी कला मन्दिर, नारायणगढः रु. ५०,०००।००
च) राष्ट्रिय प्राथमिक विद्यालयलाई भौतिक संरचना निर्माणार्थः रु.१,००,०००।००
छ) उवासंघका कर्मचारिको कर्मचारी कल्याण कोषमाः रु. ५०,०००।००

ज) सामुदायिक सेवा केन्द्र, भरतपुरलाईः रु. १,००,०००।००
झ) एक व्यवसायी एक विद्यार्थि नामक शैक्षिक कार्यक्रमका लागि रु. २,५०,०००।००
ञ) भमनपा १ स्थित आदिकवि भानुभक्त माविलाई हल निर्माणर्थः रु. २,००,०००।००
ट) जिल्ला ट्राफिक प्रहरि कार्यालयलाई राडर गन खरिदका लागिः रु. २,५०,०००।००
ठ) भरतपुर महानगरपालिका क्षेत्र भित्रका निम्नानुसारका स्थानमा तपशिल बमोजिमका संख्यामा सौर्य बत्ति जडानका लागि ः रु. ९,००,०००।००तपशिलः
१) देवघाट क्षेत्र विकास समितिः ७ थान
२) भरतपुर व्यारेकः ४ थान
३) जोर कुशुम क्षेत्रका लागि ३ थान
४) अन्य आवश्यक स्थानका लागि १२ थान

यसरि संघले समय –समयमा माथि उल्लेखित लगायत बिबिध विषयमा आफ्ना कार्यक्रम आयोजना गर्दै बिभिन्न व्यवसायिक तथा सामाजिक मुद्धामा बहस पैरवि गर्ने काम निरन्तर गर्दै आइहेको छ ।
दुई बर्षको कार्यकाल सम्पन्न हुंदै गर्दा संघबाट बिगतका दिनहरुमा गरिने नियमित कार्यसम्पादन का क्रियाकलापहरु वाहेक संघले बिभिन्न ऐतिहांसिक सफलता हासिल गर्न सफल भएको छ । लाग्छ, संघको ईतिहांसमा यस किशिमका क्रियाकलाप हुन सकेका थिएनन् जुन हाम्रो कार्यकालमा सम्भव भएका छन् , हामिहरुले सम्भव बनाएका छौं । संघको गरिमाको उचाईमा पु¥याउन बर्तमान कार्यसमिति अहिले सम्मकै सफल र सवल कार्यसमिति रहेको छ जसलाई भावि पिंढि र भावि नेतृत्वले पक्कै पनि अनुभुति गर्नेछ भन्ने मलाई लाग्दछ ।
हामिले २ बर्षको कार्यावधिको अन्तरालमा सदैव संघका पूर्वअध्यक्षहरु संघका धरोहर हुन्, संस्थाका आस्थाहुन् भन्ने आदर्शात्मक मर्मलाई आत्मासात गर्दै उहांहरुलाई मान , सम्मान तथा संघलाई अफ्ठेरो परेको समयमा राय , सुझाव र सल्लाह माग्न कहिल्यै पछि परेनौं यद्यपि हाम्रो कार्यकालको उत्तरार्धमा आफ्नो, आफु संलग्न भइसकि परिचय बनाईसकेका केहि जिम्मेवार व्यक्तित्व बाट बाट संघलाई आघात पुग्ने , संघको मर्मलाई चोट पुग्ने खालका गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने , आफ्नो व्यक्तिगत रोष प्रकट गर्ने जस्ता असामान्य व्यवहार प्रकट गरेको जुन सुन्नमा आएको छ यो संस्था प्रति र संस्थागत मान्यता प्रति गरिएको अपमान हो भन्ने हामिले महशुस गरेका छौं । हामिलाई यतिखेर उहांहरुलाई एउटा बाध्यात्मक अनुरोध गर्न मन लाग्छ कि यसरि अरुलाई दोष दिइरहंदा उहांहरुले कृपया आफ्नो कार्यकालमा संघ र व्यवसायिको हितमा गरेका क्रियाकलापहरु र आफ्नो कार्यकाललाई समेत स्मरण गर्नुहोला ।
संघले गर्ने कुनै पनि किशिमका क्रियाकलापहरु हामिहरुले समितिबाट सर्बसम्मत रुपमा निर्णय गराई लागुगर्ने परम्परा वसाई सकेका छौं । उक्त समायवधिमा हामिलो के काम गरेनौ , चाहे त्यो कृषी क्षेत्रहोस् चाहे शिक्षा क्षेत्र, चाहे पर्यटन क्षेत्र, चाहे त्यो सामाजिक, तथा संस्थागत नै किन नहोस् । हामिले संघको गरिमालाई अप्रत्यासित उचाईमा पु¥याउन सफल भएका छौं । एक ऐतिहांसिक पदावधि भन्न रुचाउंछु म, एक ऐतिहांसिक स्वर्णिम कालखण्ड भन्न रुचाउंछु म यो कार्यकाललाई । मलाई लाग्छ असल नेतृत्व त्यो हो जसले आफु पश्चात संस्थालाई जिम्मा लगाउने नेतृत्व जन्माउन सकोस् भरोसा गर्न सकोस् साथै निबर्तमान हुनै लागेको अध्यक्षको काम, कर्तब्य , अधिकार तथा दायित्व पनि हो कि उसले सर्वसम्मत रुपमा आफ्नो उत्तराधिकारि चयन गरोस्, नेतृत्व हस्तानान्तरण गरोस् । बर्तमान नेतृतवले त्यहि गरेको छ जुन असल नेतृत्वले गर्ने गर्दछ , दायित्व सम्झने गर्दछ, संस्था प्रति बफादार रहन्छ भन्ने मलाई लाग्दछ ।
यसै सन्दर्भमा संघको आसन्न ५१ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा प्रस्तुत हुने उम्मेदवारी सम्बन्धमा म केहि यथार्थ उल्लेख गर्न चाहान्छु । बर्तमान कार्यसमितिको अध्यक्षले आफुलाई पुनः नेतृत्वमा नदोहोराउने धारणा व्यक्त भइसकेपछि संघको बिधि बमोजिम नेतृत्वको रोलक्रममा रहनुभएका संघका वरिष्ठ उपाध्यक्ष श्री राजु श्रेष्ठलाई प्रस्ताव राख्दा उहांले स्विकार गर्दै आफु अध्यक्षपदमा उम्मेदवारी दिन तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नु भएको हो । संघको बर्तमान अवस्थामा हामिले संस्थागत रुपमानै पद्धतिय हिसावले समितिका साथिहरुको सर्वसम्मत सहमतिमा संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठलाई पेश गरेका हौं ।
साथै सोहि वैठकमा आकांक्षिहरु मध्ये संघका तृतिय उपाध्यक्ष विष्णु प्रसाद कँडेल समेतले अध्यक्ष पदमा आफ्नो उम्मेदवारिको दावि गर्नुभएको तर उहांले आफु संघको निर्णय बमोजिम जाने भन्दै उम्मेदवारी नदिने बचनबद्धता ब्यक्त गरिसक्नु भएको अवस्था हो । यसै विषयलाई लिएर एकताबद्ध रहेको हाम्रो कार्यसमितिलाई बिभाजित गर्ने हेतुले संघको आधिकारिक उम्मेदवार भएको अर्थात नभएको जस्ता विषयहरु लिई सञ्चारका माध्यमहरुमा प्रकाशित समाचारहरु प्रति हाम्रो आपत्ति रहेको छ । तथापि यो निर्बाचन प्रक्रिया एउटा खुल्ला प्रक्रिया भएकाले सम्पूर्ण सवैले यसलाई अभ्यास गर्न सक्नुहुन्छ, प्रक्रियामा आउन सक्नुहुन्छ यसका लागि सम्पूर्ण आाकांक्षिलाई संघले हार्दिकताका साथ स्वागत गर्दछ ।
संघका साथै संघको आसन्न साधारणसभा तथा कार्यसमितको निर्बाचन संग जोडिएका प्रसंग होउन वा संघ संग सम्बन्धित कुनै बिषय किन नहुन यसरि संस्थाकाजिम्मेवार व्यक्तिबाट हुने अभिब्यक्ति तथा प्रस्तुति प्रति हाम्रो कार्यसमितिको घोर आपत्ति समेत रहेको जनाउंदै जो जसबाट यस किशिमका अभिब्यक्तिहरु आए आगामि दिनमा यस किशिमका अभिब्यक्ति नदिई संस्था प्रतिको केहि मर्यादा र उत्तरदायित्वलाई केहि हद सम्म भए पनि नर्विसनुहुन म यसै कार्यक्रम मार्फत अनुरोध समेत गर्दछु ।
माथि उल्लेखित क्रियाकलापहरु यस समितिले आफ्नो कार्यकालमा सम्पन्न गरेको छ भने कार्यसमितिले आफ्नो संस्थागत उत्तरदायित्व अन्र्तगत रहि हरेक क्षेत्रमा नियम संगत तरिकाले , बिधानतः कार्यहरु सम्पन्न गरेको छ । यस २ बर्षकोसमयको अन्तरालमा हामिले जे ग¥यौं सबै सर्बसम्मत हिसावले बिधानतः ग¥यौं, आपसि समझदारिमा ग¥यौं यस समयावधिमा भएका आर्थिक हिसाव , किताव लगायत सम्पूर्ण चिजहरु चुस्त र दुरुस्त राखेका छौं जुन ऐना जस्तै छर्लङंग रहेका छन् । तत् सम्बन्धि कुनै पनि जानकारि सहजै उपलब्ध गराउने व्यवस्था संघ बाट गरिएको समेत जानकारि गराउन चाहान्छु ।यस किशिमले कार्यसम्पादन गर्नमा बर्तमान समितिको महत्वपूर्ण सहयोग र सहभागिता रह्यो जस प्रति संघ सदैव आभारि रहनेछ ।
अन्त्यमा हाम्रो २ बर्षे कार्यकाललाई सफल, ऐतिहांसिक र स्वर्णिम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्व अध्यक्षज्यूहरु, मेरा कार्यसमितिका पदाधिकारीज्यूहरु, कार्यसमिति साथीहरु, बस्तुगत संघका अध्यक्षज्यूहरु, बिभिन्न उपसमितिका संयोजकज्यूहरु, सचिवालयका कर्मचारीहरु, स्थानिय प्रशासन, स्थानिय निकाय, सुरक्षा निकाय, बिभिन्न सञ्चार गृहहरु तथा पत्रकार मित्रहरु, नेउवामहासंघ, बिभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु, अन्र्तराष्ट्रिय संघ, संस्थाहरु लगायत सम्पूर्ण सवैमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु । र आसन्न साधारण सभा तथा अधिवेशन सफल रुपमा सम्पन्न गर्नका लागि यहां सम्पूर्णको सहयोगको समेत अपेक्षा राख्दछु ।
धन्यवाद ।

भवतु सब्ब मंगल ।

राजन गौतम
अध्यक्ष

विभिन्न समयमा भएका यि हुन् विधि गतिविधिहरु

मितिउपस्थितीआर्थिक निर्णयअन्य निर्णय
२०७२ माघ ३

(प्रथम नियमित)

९६%कारयकारी निर्देशकको सहि अनिवार्य गरिएको
२०७२ फागुन ९

(दोस्रो नियमित)

७६%पत्रकार महासंघ- ५,००० (बिज्ञापन वापत)माडी माछा महोतसव रु ८,५००

जनमोर्चा पार्टी २,०००

बिद्यूत व्यवसायी संघ-५,०००

अपाङ्ग विद्यार्थी- ५,०००

क्रान्तिकारी विद्यार्थी संघ- २,०००

२०७२ फागुन २५

आकस्मिक पहिलो

६७%विशिष्ट सदस्य मोननयन

चेम्वर प्रतिसपर्धामा सहभागिता जनाउने

२०७२ चैत्र १९ गते

नियमित तेस्रो

८६%सोलारको कोटेसन मगाईएको (६०० वाट)

(सोलार जडानको खर्च २०७३ जेष्ठ ९ को कास वैठकबाट अनुमोदित)

कवि गोष्ठी- ५०००

पत्रकार माहासंघ भ्रमण-५०००

प्रेस चौतारी- २,०००

२०७३ जेष्ठ ९

नियमित चौथो

९०%नागरिक सहायता कक्ष तथा प्रहरी कन्ट्रोल रुम भवन निर्माण- ५०,०००

पत्रकार महासंघको साधारण सभाको लागि- ५०,०००

मगर संघको अधिवेशनलाई-५०००

कर्मचारी तलव बृद्धि

(१-५ तह -२५%, ५ देखि माथी २०%)

चेम्वर प्रतिस्पर्धामा उत्कृष्ट
२०७३ जेष्ठ ३२

नियमित पाँचौ

७६.६७%नेपाल चेपाङ संघको अधिवेशन- ५,०००

कपडा व्यवसायीलाई विज्ञापन वापत ६,०००

सदस्यता शुल्क बृद्धि

कानूनी र राजश्व सल्लाहा कार नियूक्त

साउन्ड सिस्टम जडान गर्ने

नापतौल, दर्ता, मूल्यसूची अनिवार्य राक्ने निर्णय

महिला उद्यमीलाई सदस्यतामा छुट

२०७३ आषाढ ३१

नियमित छेठौ

७६.६६%क्षेत्रिय संघलाई फर्निचर उपलब्ध गराउने ( मुग्लिन र माडीलाई १ सेट फर्निचर) 

 

 

 

२०७३ भाद्र ६

नियमित ७औ

७०%राईनो क्लबलाई ५०००

रोपाई जात्रा (नारायणी कला मन्दिरलाई १५,०००)

स्थानिय शान्ती समितिको स्मारिकामा विज्ञापन वापत १०,०००

नारी उत्तान केन्द्रलाई स्थापना दिवसको लागि निशुल्क हल

सार्क व्यापार मेलामा सहभागी
२०७३ कार्तिक ८

नियमित ८ औं

७६।६६%नाघाट लेडी जेसिस  १०,०००

भवन निर्माण सहयोगार्थ

२०७३ कार्तिक २४ गते आकस्मिक दोस्रो६३.३३%नउठ्ने प्रकृतिको रकम अपलेखन

स्वरोजगार अभिमुखिकरण-५५,४००

निराजन गौतम\टंक खरेल १२,४००

राजु परियार ४,५००

मुद्रण व्यवसायी १०००

वर्कसप व्यवसायी १०००

२०७३ पौष १

आकस्मिक तेस्रो

५५%
२०७३ फागुन ४

नियमित ११औं

६३।३३%अतिथी गृह VATमा दर्ता गरि संचालन गर्ने

भरतपुर माहानगरलाई सोलार जडानको लागि ३,००,०००

उद्योग संघलाई ११,११,१११ निर्व्याजी सापटी

 

 

२०७३ चैत्र ८

नियमित १२औं

७३।३३%सहमति शीक्षा लेखाजोखा केन्द्र ५,०००

मानक नेपाली भाषा अभियान ५,०००

खैरहनी उ वा संघ १ लाख

लाखे नाच प्रतिष्ठान १०,०००

कन्चनपुर घटना पिडितलाई ५,०००

Manaslu Bikas Bankमा रहेको १० लाखलाई fixed deposit ३ महिनालई
२०७४ असार ३०

नियमित १५औं

८०%स्कृन प्रिन्ट प्रदर्शनीको लागि हल निशुल्क

आदिकवि भानु मावीलाई ५१,००० ( पुस्तकालय निर्माण)

रेदियो सम्पदालाई १०,००० (तिज गित)
२०७४ भाद्र ९

१६ औं नियमित

७३%फेन्सी व्यबसायी ५,०००

नारायणी कला मन्दिर १५,०००

अनेरास्वबियू ५,०००

२०७४ भाद्र ३०

नियमित सत्रौं

६३%जिल्ला यूवा समिती

खुला म्याराथनको लागि १०,०००

२०७४ असोज ३१

नियमित १८ औं

७३%कैदिहरुको लागि ५० केजी मासु

वैद्धिक संस्कृत गुरुकुलको लागि १,११,१११

शुभकामना आदान प्रदानको खर्च संघले बेहोर्ने निर्णय

२०७४ कार्तिक २६

नियमित १९ औं

६६।६६ %3 phase जडानको खर्च अनुमोदन

४ सेट शोफा अध्यक्षको कोठामा

Chamber visitको १ लाख संघले बेहोर्ने

शुभकामना आदान प्रदाको खर्च अनुमोदन

National Foroum of Newar Journalist लाई ७,५०० ( देउसी भैलो) EOS in South Asia मा सहभागि हुन अध्यक्ष मलेसिया जाने

 

२०७४-मंसिर २४

नियमित २१औं

५७%आशन्न साधारण सभा र अधिवेशनमा निशुल्क रजिष्ट्रेशन गरिने
२०७४- पौष १४ गते नियमित २३ औं७७.७७%QMS upgrade ( 80,000 Exclusive VAT)

१ व्यापारी १ विद्यार्थीको प्सतावना पारित

२०७४ पौष १८ गते नियमित २४औं७२.४२%चितवन महोत्सव २०७३ को आम्दानी संघको नाम रहने गरि आयोजक कमिटीको निर्णयानुशार खर्च गर्ने निर्णय गरियो।नारायणी नदी किनारमा उपञुक्त स्थान छनौट गरि कलात्मक ढुङ्गेधारा सहितको स्नानघाट बनाउने

 

 

Promise Education Consultancy