प्रचण्ड भन्छन् : अध्यक्ष र प्रधानमन्त्रीमा होइन्,शासन र देशको समृद्धिमा र राष्ट्रिय एकतामा ध्यान छ (भिडियो)

राजेन्द्र आचार्य
चितवन, २० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीमा होइन्, सुशासन र देशको समृद्धिमा ,र राष्ट्रिय एकतामा ध्यान दिएको दावी गरेका छन् ।
‘हामीले पटक पटक भनेका छौँ उनले भने अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन् सुशासन र देशको समृद्धिमा ध्यान छ, राष्ट्रिय एकतामा ध्यान छ ।’
गृह जिल्ला चितवनमा ३ दिनका लागि विभिन्न कार्यक्रममा सरिक हुन आएका प्रचण्डले प्रेस चौतारी र प्रेस सन्टेर चितवनले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै आफहुरु कसरी राष्ट्रिय एकता हुन्छ भनि ध्यान केन्द्रित गरेको स्पष्ट पारेका छन् ।
पदको विषयमा विवाद छ नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने पदको विषयमा विवादको रुपमा आएको छैन्, पार्टी एकता समायोजन समितिले दुई पार्टीका अध्यक्षका दुई वटा नेता भनेर पहिलो नै स्पष्ट पारेको छ ।

दुई वटै नेतालाई समुचित भूमिका दिने कुरामा कुनै विमती र विवाद नभएका समेत दावी गरे । वाम गठबन्धनको एकताको विषयमा कोहीकसैलाई पत्रपत्रिका मिडिया बोल्न जरुरी नरेहेको समेत उनले बताए ।
‘पार्टी एकता बारेमा कोहीकसैलाई पत्रपत्रिका मिडिया बोल्न जरुरी छैन् उनले भने लिडर सिप लेबलमा गम्भीर छलफल भएको छ , फिम्टी÷ फिम्टीका कुरा अथवा यो रहन्छ वा त्यो रहदैन् भन्ने कुरा गलत हुन्, जसरी साथीहरु भन्नु भएको गलत भन्नुभएको छ । ’
प्रदेश राजधानी. प्रदेश सरकारले तोक्छ
यस्तै प्रचण्डले प्रदेशको राजधानी प्रदेश सरकारले तोक्ने बताएका छन् । प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने र प्रदेश प्रमुख र प्रदेशको अस्थाई केन्द्र तोक्ने जिम्मा आजको वैठकवाट सरकारलाईनै दिएको वताए ।

दलहरुका बीचमा आज काठमाण्डौंमा सकारात्मक छलफल भएको भन्दै उनले छिटोभन्दा छिटो छोटोभन्दा छोटो समयभित्र राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने समझदारी बनेको बताए । सबै पार्टीहरुले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी केन्द्र तोक्ने जिम्मा सरकारलाई दिईएको बताए ।

संविधानको मर्म अनुसार सरकारले तोकोस् भनेर सबै पार्टीहरुले सरकारलाई नै जिम्मा दिएको उनले बताए । प्रदेश केन्द्रको अन्तिम फैसला गर्ने अधिकार प्रदेश सभालाई भएको उहाँले स्पष्ट पारे।

राष्ट्रियसभाको निर्वाचनको प्रक्रियाको निम्ति कुनै अवरोध नभएको भन्दै उहाँले राष्ट्रिय सभाको गठन लगत्तै सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने बताए ।