प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक निष्कर्ष विहिन

काठमाडौं, २० पुस  ।  प्रधानमन्त्री शेरबहादुर देउवाकाे अाव्हानमा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न संसद्‌मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक विना निष्कर्ष सकिएकाे छ ।

प्रदेशको राजधानी तोक्ने बिषयमा सरकारको दायित्व भएको निष्कर्ष सत्तापक्षले निकालेको भएपनि एमाले माओबादीले अस्विकार गरेपछि बैठक बिना निष्कर्ष सकिएको हो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको जानकारी अनुसार एमाले र माओबादीका नेताहरुले यो सरकारले यस्ता निर्णय गर्नै पाउँदैन भन्न थाले पछि बैठक अगाडी बढ्न नसकेको हाे ।

राष्ट्रिय सभाको निर्वाचनको मिती तोक्ने बिषयमा सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको पनि पौडेलले बताएका थिए ।

बैठक पछि बाहिरिंदै नेता पौडेलले दुई दलको असयोगबा बिच पनि सरकार दुवै निर्णय गर्ने मनस्थितीमा पुगेको बताएका छन् ।

संबिधानले दिएको दायित्व बमोजिम सरकारले काम गर्ने पौडेलको भनाई थियो । सरकारले प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्ने बिषयमा अन्य दलहरुसंग सहमती गर्ने प्रयास गरेको थियो तर पसहमती हुन नसकेपछि सरकार एक्लै अगाडी बढ्ने भएको छ ।

बैठकमा प्रदेश प्रमूख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदैछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पाैडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पाैडेल, विजय गच्छदार, सशाङ्क काेइराला, कृष्ण सिटौला, माअाेवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा “बादल”, संघीय फाेरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महताे लगायतका नेताहरु थिए ।

Promise Education Consultancy