देवघाटमा माघे संक्रान्ति मेलाको तयारी शुरु

सौराहा अनलाईन
चितवन, २० पुस । नवलपरासी, तनहुँ र चितवनको संगम तीर्थस्थल देवघाटधाममा माघे संक्रान्ति मेलाको तयारी शुरु भएको छ ।
देवघाटमा हरेक वर्ष जस्तै माघ १ गते त्रिशुली नदीमा नुहाउन बिभिन्न जिल्लाबाट श्रद्धालुहरु आउन आउने गर्छन् ।
देवघाट क्षेत्र विकास समितिले नुहाउने स्थान, स्नान स्थलसम्म जाने साधन, बाटो लगायतको सुविधा मिलाएको छ ।
कालीगण्डकी र त्रिशुली नदी मिसिएको संगम स्थलमा नुहाउने ठाउँ सुरक्षित पार्न नेपाल प्रहरी र नेपालि सेनाको सहयोगमा सम्याउने कार्य सुरु भएको र जानका लागी बाटो निमार्णको काम समेत सुरु भईरहेको क्षेत्रबिकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।
पैदल मार्गबाट जाने झोलुंगे पुलमा पनि सुरक्षाकर्मी परिचालन गरी एकपटकमा एक सयजना मात्र यात्रु हिँड्न दिने व्यवस्था मिलाउने र सवारी साधनको प्रवेशमा पनि एक तफी सडको व्यवस्था गर्ने बिषयमा पनि सुरक्षा अधिकारी संग समन्वय भइरहेको पौडेल बताए ।
यसैगरी स्वास्थ्य उपचारको व्यवस्था, सवारी साधनको पार्किङ, एकतर्फी यातयात सञ्चालन, स्वयमसेवी परिचालन लगायतमा पनि ध्यान दिइएको उनले बताए ।
देवघाटमा धर्मकर्म गर्न आउने भत्तं जनका लागि कुनै प्रकारको असुविधा नहुनेगरी क्षेत्र विकास समितिले व्यवस्था मिलाउनु पर्ने र नदी किनारका ध्यान कुटहिरुको दुरुपयोग भईरहेको र बाटो तथा स्नान घाट शौचालय खानेपानी लगाएतका बिषयमा क्षेत्र विकास समितिले विशेष चासोका साथ काम गर्नु पर्ने स्थानिय हरि ढकालले बताए ।

Promise Education Consultancy