नवलपुरमा गैडाकोट महोत्सवको तयारी तीव्र

नवलपुर, २० पुस । नवलपुर जिल्लाकौ गौरव र गरिमामय प्रस्तुतीको रुपमा रेहेका गैडाकोट महोत्सवको तयारी तीव्र पारिएको छ ।
यही २७ गते देखी माघ ८ गते सम्म नारायणी नदि किनार गैडाकोटमा हुने महोत्सवको तयारि तव्र रुपमा अगाढी बढाईएको महोत्सव आयोजक समितका संयोजक एवं उद्योग बाणिज्य संघ गैडाकोटका उपाध्यक्ष दिपक सापकोटाले बताए ।
महोत्सव परिसरमा यतिबेला धमाधम स्टल निमार्णको काम भईरहेको छ । भने बाल उद्यान अन्त्रगतका बिभिन्न खेलका स्टलहरुमा पनि निमार्ण कार्य चलिरहेको छ ।
त्यस्तै निकै आर्कषणको रुपमा मुल गेट निमार्ण भएको छ । मौलाकाली मन्दिरकै स्वरुपमा बासबाट मुलगेट निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।
गैडाकोट उद्योग वाणिज्य संघले दोस्रो पटक आयोजना गरेको महोत्सव निकै भव्य र सम्य बनाउने उद्देश्ये लिएको संघका अध्यक्ष अमृत भट्चनले जानकारी दिए ।
यो महोत्सवले समग्र नवलपुर क्षेत्रकै पर्यटन विकास गर्ने धेरैले आसा गरेका छन् । महोत्सवमा नारायणी नदिमा जलविहारको व्यवस्था पनि हुने छ । त्यस्तै महोत्सव परिसरमै स्थाई प्रकारको शौचालयको पनि व्यवस्था गरिएको छ । भने खानेपानीको पनि उचित प्रवन्ध गरिएको सापकोटा बताउछन् ।
महोत्सव लाई आर्थीक रुपमा पनि निकै सवल बनाउन आयोजक समिति निकै सक्रियताका साथ लागी परेको र महोत्सव भव्यताका साथ सम्पन्न गर्न कुनै पनि कसुर बाकी नराख्ने उद्योग वाणिज्य संघ गैडाकोटका कोषाध्यक्ष सालिकराम सापकोटाले बताए ।

Promise Education Consultancy