चितवन उद्योग संघको नवौं अधिवेशन आज प्रचण्डले उद्धघाटन गर्दै

चितवन, पुस २० । चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनको निर्वाचन प्रक्रिया आजदेखि देखी सुरु हुँदैछ ।

भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रको सभाहलमा हुने संघको १८ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनको पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो समुद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष भीमबहादुर पाण्डेले जानकारी दिए ।यसपटक वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान भएपछि अध्यक्षमा चुनाव नहुने भएको छ । अन्य पदमा पनि सहमतीमै जाने प्रयास भईरहेको छ ।

नयाँ विधान अनुसार संघको उपाध्यक्षमा ६ जना, सदस्य तर्फ वस्तुगतबाट एक जना, प्रिमियम एशोसिट्सबाट एक जना, एशोसियट्सबाट एक जना र खुल्ला तर्फबाट ११ जना सदस्य बन्न पाउनेछन् । २ सदस्य भने पछि संघले मनोनित गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।

प्रिमियम एशोसिट्स तर्फ १० करोड भन्दा माथि पूँजी भएका उद्योगीहरु पर्दछन् भने एशोसियट्स तर्फ ३ देखि १० करोड रुपैयाँ पूँजी भएका उद्योगीहरु पर्दछन् ।

यस्तै यस अधिवेशनमा गर्भनिङ काउन्सीलको निर्वाचन नहुने भएको छ । विधान संशोधन अनुसार अधिवेशनमा नपर्ने गरि एक वर्षपछि साधारणसभामा गर्भनिङ काउन्सीलको निर्वाचन हुनेछ । हालको गर्भनिङ काउन्सील नै अब थप एक वर्ष जिम्मेवारी निभाउनेछ । चितवन उद्योग संघमा ६ सय २७ जना मतदाता रहेका छन् ।

Promise Education Consultancy