बालिकालाई करणी गर्ने युवकलाई १० बर्ष कैदको सजायको फैसला

चितवन, २० पुस ।  चितवन जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई १० बर्ष कैदको सजायको फैसला गरेको छ ।

कालिका नगरपालिका घर भएकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चितवन जिल्ला अदालतले चितवन रत्ननगर–१२ बस्ने वर्ष २९ का करण घिमिरेलाई १० वर्ष कैद र ५० हजार क्षतिपूर्ति पीडितलाई भराउने फैसला गरेको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले पुस १७ गते यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए ।

नाम परिवर्तित शुन्ना उनान्पचास एघारलाई करणी गरेको आरोपमा ०७३ पुसमा उनी गिरफ्तारीमा परेका थिए ।