तनहुँमा जीप दुर्घटना हुदाँ चितवनका प्रविन तिमिल्सिनाको मृत्यु

तनहुँ १९ पुस । तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा बुधबार बिहान ना ४ च ४४४१नम्बरको बलेरो जीप दुर्घटना हुँदा जीप चालकको मृत्यु हुन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बिहान साँढे ६ बजेको समयमा भएको दुर्घटनामा परी जीप चालक चितवन रत्ननगरका प्रविन तिमिल्सेनाको मृत्यु हुन पुगेको छ । त्यस्तै जीपका सह—चालक कमल चापागाई सामान्य घाइते भएका छन् ।

जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy