प्रजातन्त्रका सेनानि बन्धुराजको निधन

 

चितवन, १९ पुस । प्रजातन्त्रका सेनानि बन्धुराज न्यौपानेको आज बिहान निधन भएको छ ।
नेपालका बिभिन्न आन्दोलनमा सकृय भूमिका निर्वाहा गर्नु भएका ८६ वर्षिय न्यौपानेको आज बिहान ६ः४५ बजे हृदयघातका कारण निधन भएको हो ।
परिबारका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित आफ्रनै निबासमा शौचालयमा लडेपछि उहाँलाई नारायणी सामुदायीक अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अस्पतालकै सघन उपचार कक्षमा न्यौपानेको निधन भएको हो । बि. सं. १९८८ साल मंसिर ७ गते लम्जुङ् जिल्लाको दुराडाँडा स्थित धारापानीमा जन्मनु भएका न्यौपानेले बि. सं. २००९ सालको हलो क्रान्तिमा सकृय भूमिका निर्वाहा गर्नु भएको थियो ।
बि. सं. २०१५ सालमा चितवन झरेपछि उहाँको पुरै जिबन राजनिति र समाजसेवामा बितेको थियो ।
बि. सं. २०२९ सालमा तत्कालीन पञ्चकन्या गाउँबिकास समितिको उपप्रधानपञ्च, पञ्चकन्या माबिको तत्कालीन अध्यक्ष, पञ्चकन्या मन्दीर व्यवस्थापन समितिको अध्यक्ष, परिवार नियोजन संघ चितवनको संस्थापक, न्यौपाने कल्याण समाजको स्थापना कालदेखि हाल सम्म उहाँ अध्यक्ष हुनुहन्छ ।
दर्जनौ सामाजिक संघ संस्थामा रहेर सेवा गर्दै आउनु भएका न्यौपाने नेपाली काँग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय समितिमा सल्लाहाकार हुनुहुन्छ ।
उहाँको आज एक बजे पबित्र तिर्थस्थल देबघाटमा अन्त्यष्ट् िगरिदै छ । न्यौपानेका एक श्रीमति निर्मला देबि र छोराहरु डा. बिजयराज न्यौपाने, रामराज न्यौपाने र रामहरी न्यौपाने हुनुहुन्छ ।
उहाँका तीनै छोरा सामाजिक क्षेत्रमा कृयाशिल हुनुहुन्छ ।

Promise Education Consultancy