पूर्णिमाले हात पारिन् लाईसियम ईनोमेटिभ नलेज हन्ट २०७४ को उपाधी

सुर्य चौधरी
चितवन, १९ पुस । लाईसियम ईनोमेटिभ नलेज हन्ट २०७४ को उपाधी पूर्णिमा लामाले हात पारेकी छिन् ।
पूर्वी चितवनको रत्ननगर–१ निपनी मा रहेको लाईसियम ईन्टरनेशनल मोडल स्कुलले अन्तर विद्यालयका विद्यार्थीहरुको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजित नलेज हन्ट २०७४ को उपाधी कक्षा ९ मा अध्ययनरत पूर्णिमा लामाले ४० प्रतिस्पर्धी पछी पार्दै हात पारेकी हुन् ।

यस्तै कक्षा ८ मा अध्ययनरत मन्दिरा विक फस्ट रनरअप र कक्षा ७ मा अययनरत सजिना राना सेकेण्ड रनरअप भएकी हुन् ।
विजेतालाई तीनै जनालाई कार्यक्रमका प्रमुख अतिथि एवं सेबोबका चितवनका अध्यक्ष विष्णुमणि लामिछाने, विशेष अतिथि रत्ननगर नगरपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र बराल र विद्यालयका प्रचार्य डा.वसन्तप्रसाद अधिकारीले संयुक्त रुपमा प्रदान गरेका थिए ।

स्कुलले हरेक बर्ष जस्तै यो बर्ष विद्यार्थीहरुको अन्तरनिहित क्षमताको पहिचान गरी अभिवृद्धि गर्नेको लागि लाईसियम ईनोमेटिभ नलेज हन्ट गर्दै आएको शैक्षिक प्रमुख सन्जिव मिश्रले जानकारी दिए ।
विद्यालयका प्रचार्य वसन्तप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शरदचन्द्र काफ्ले, सञ्जन लामिछाने र पुजा तिवारीले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

भने कार्यक्रममा डान्स शिक्षक स्वेता खत्री, अप्सरा, कुलप्रसाद सापकोटा, नारायणप्रसाद अम्गाई, कमल तिवारी, सुस्मा सापकोटा, भिमकुमारी थापा, अनिल महत्तो र शंकर पौडेल लगायतले बालेका थिए ।

Promise Education Consultancy