चितवनमा प्रकाश दाहालको स्मृतीमा राष्ट्रिय मुवाँथाई प्रतियोगिता हुने

चितवन, १९ पुस । चितवनमा स्वर्गीय प्रकाश दाहालको स्मृतीमा राष्ट्रिय मुवाँथाई प्रतियोगिता हुने भएको छ । अल मार्शल आर्ट एकेडेमी चितवनले आउँदो माघ महिनामा प्रतियोगिता आयोजना गर्न लागेको हो । आउँदो माघ १९ र २० गते भरतपुरस्थित कवर्डहलमा प्रतियोगिता गर्ने तयारी भईरहेको एकेडेमीका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा चितवनसहित काठमाडौं, भक्तपुर, ललितपुरका गरि करिव ५० जना खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो ।

यो प्रतियोगिता किक बक्सिङ खेल जस्तै हो । यसलाई महंगो खेलको रुपमा समेत लिईन्छ । यो खेल थाईल्याण्डमा चर्चित मानिन्छ । नेपालमा केही प्रशिक्षण केन्द्रहरु भएपनि व्यवसायीक प्रतियोगिताहरु धेरै कम हुन गरेका छन् ।यो प्रतियोगिता चितवनमा पहिलो पटक हुन लागेको हो ।

स्वर्गीय प्रकाश दाहाल चितवनमै हुर्के बढेको र स्थानीयबासी भएको नाताले प्रतियोगिता गर्न लागिएको गुरुङले जानकारी दिए । दाहाल परिवारसंगको छलफलमा प्रतियोगिता मिति तय गरेको अध्यक्ष गुरुङले बताए ।

Promise Education Consultancy