रामपुर क्याम्पसमा अखिल र अखिल (क्रान्तिकारी) बीच झडप, अखिलका दुई विद्यार्थी घाईते

चितवन, १९ पुष । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटको विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बीच झडप भएको छ ।सामाजिक संजालमा कक्षा कोठाको विषयमा गरेको पोष्टलाई लिए आज विहान दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको हो । झडपमा अखिलका विद्यार्थी किसन घिमिरे र विकल चन्द्र श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । दुवै घाईतको टाउँकोमा चोट लागेको छ ।

Promise Education Consultancy