काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने

काठमाडोँ, १९ पुस ।  नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समिति बैठक दिउँसो दुई बजे बस्ने भएको छ ।  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

कार्यसम्पादन समिती बैठकमा राष्ट्रिय सभा निवार्चनको मिति तोक्ने विषयमा छलफल गरिने काँग्रेस नेता बालकृष्ण खाँणले जानकारी गराए । राष्ट्रिय सभाका लागि प्रशासनिक कार्यमा जोड दिन सरकारलाई आग्रह गरिने उनले बताए ।
समानुपातिक तर्फका प्रदेश सभामा सिफारिस सदस्यहरुहरुको नामावली  सच्याउने विषयमा छलफल गरिने खाँणले जनाए ।

नेपाली काँग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक नामावलीमा मापदण्ड अनुसार नभएको जनाउँदै आयोगले सच्याउन फिर्ता पठाएको थियो । कार्य सम्पादन समितीको बैठकमा निर्वाचनमा पराजयको प्रारम्भिक छलफल गरिने खाँणले बताए ।

Promise Education Consultancy