यस्तो छ प्रचण्डको नयाँ निवास,हेरौँ ८ फोटोमा

काठमाडौँ । ललितपुरको रिङ्गरोडमा रहेको चापागाउँ दोबाटोबाट दक्षिण– पूर्वतर्फ खुमलटार रहेको छ । रिङरोडबाट करिब २ किलोमिटर हिँडेपछि खुमलटार–१५ मा साङपाङ चोक भन्ने ठाउँ पुगिन्छ ।

चोकबाट देब्रेतर्फ एउटा सानो बाटो रहेको छ । त्यही बाटोमा करिब २ सय मिटर अघि बढेपछि एउटा पहेँलो घर भेटिन्छ । त्यो घर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नयाँ निवास हो ।

पुत्र प्रकाश दाहालको असामयीक निधनपछि यही महिनादेखि प्रचण्ड लाजिम्पाटस्थित पूरानो डेरा छाडेर नयाँ घरमा आफ्नो परिवारसहित सरेका हुन् ।

उक्त घर व्यवसायी शारदा अधिकारीको हो । प्रचण्डले घर भाडामा लिएको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि लाजिम्पाटमा सर्वहारा वर्गको पार्टीको नेता भएर भव्य ‘महल’मा बसेको भन्दै प्रचण्डको खुबै आलोचना भएको थियो । ‘स्वीमिङ पुलदेखि यस्ता–यस्ता सुविधा छन् रे !’ भन्ने व्यापक हल्ला नै चलेको थियो ।

प्रचण्डको अहिलेको नयाँ निवास भने साढे दुई तल्लाको रहेको छ । बाहिरबाट हेर्दा घर पूरानो देखिन्छ । लामो समयदेखि रंग गरिएको छैन ।

घरको तल्लो तलामा भेटघाट र बैठकका लागि हल र कक्षहरु रहेका छन् भने परिवारहरु बस्नका लागि माथिल्लो तल्ला प्रयोग गरिएको छ ।

घरको कम्पाउन्डको दाहिने तिर सुरक्षाकर्मीलाई बस्ने व्यवस्ता गरिएको छ भने सँगै रहेको खाली जग्गा पनि लिजमा लिइएको छ । त्यहाँ गाडीहरु पार्किङ गर्ने बनाइएको छ ।

प्रचण्डको विहान व्यायाम गर्ने र खेलकुदमा सहभागी हुने बानी रहेको छ । त्यही भएर त्यहाँ टेबलटेनिस खेल्ने बोर्ड पनि बनाइएको छ ।

रातोपाटीबाट साभार

Promise Education Consultancy