खिचरा महोत्सवको पाचौँ संस्करणमा ५ फिटको घुगी र चिचर आर्कषण ( भिडियो विशेष कार्यक्रम सहित)

राजेन्द्र आचार्य
चितवन, १८ पुस । पूर्वी चितवनको खैरहनीमा यहि पुस २८ गते हुने खिचरा महोत्सवको तयारी तीव्र पारिएको छ ।
भूमिपुत्रका परिचित थारु समुदायको सास्कृतिक महत्व उजागर गर्ने उद्देश्यले हरेक दुई दुई बर्षको अन्तरालमा खिचरा महोत्सव हुदै आएको महोतसवको यो ५ औँ संस्करण हो ।
महोत्सवको यतिवेला झण्डैे ६० प्रतिशत तयारी सकियो महोत्सवका संयोजक नारायण महत्तोले जानकारी दिए । उनले विगतमा भन्दा यो आर्कषक ५ फिटको घुगी र चिचर निकै आर्कषण हुने बताए । साथै थारु सस्कृतिको हस्तकलाको प्रर्दशनी समेत हुने बताए ।

 

पूर्वी चितवनको खैरहनी नगरपालिका–­५, जबकौली गौचरनमा यहि पुस २८ देखि माघ ८ सम्म संचालन हुने महोत्सव स्थानिय थारु संस्कृतिको संरक्षण गुर्न रहेको आयोजकको भनाई छ । अहिले महोत्सव परिसर सजावटका कामहरु भईरहेको छ । महोत्सवमा २०० जति स्टलको रहने र स्टल बुकिङ खुला गरिएको जनाइएको छ ।
यस वर्ष थारु खानाका परिकारका स्टलका साथै अन्य स्टलहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ । महोत्सवमा कृषकहरुका बाली प्रतियोगिता गरी उत्कृष्ठ ठहरिएका कृषकहरुलाई नगद पुरस्कार दिनुका साथै प्रदर्शनका लागि कृषि परिसर र बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने प्रचार प्रसार समितिका संयोजक कारी महत्तोले जानकारी दिए ।
महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि ३०१ मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले आफ्ना जिम्मेवारीका कामहरु अगाडि बढाएका छन् । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैया टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि २५ रुपैया टिकट लाग्ने टिक व्यवस्थापन समितिका संयोजक दिपेन्द्र चौधरीले जानकारी दिए ।
साथै उनले वृद्धावृद्ध र अपागंलाई निशुल्क गर्दै टिकटबाट बचेको आम्दानीबाट थारु संग्राहलय र ई लाईब्रेरी बनाउने बताए ।

Promise Education Consultancy