बालिकालाई करणी गरेको आरोपमा १० वर्ष कैद सजायको फैसला

चितवन, १८ चितवन। चितवन जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई १० बर्ष कैदको सजायको फैसला गरेको छ ।
कालिका नगरपालिका घर भएकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चितवन जिल्ला अदालतले चितवन रत्ननगर–१२ बस्ने वर्ष २९ का करण घिमिरेलाई १० वर्ष कैद र ५० हजार क्षतिपूर्ति पीडितलाई भराउने फैसला गरेको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले पुस १७ गते यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए । नाम परिवर्तित ०४९ (११) लाई करणी गरेको आरोपमा ०७३ पुसमा उनी गिरफ्तारीमा परेका थिए ।

Promise Education Consultancy