पाल्पामा गोलि लागेर एकको मृत्यु

कमल अधिकारी
पाल्पा, पुस १८ । पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको जंगलमा शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ । सोमबार दिउसो भरुवा बन्दुकको गोली लागेर स्थानीय ६२ वर्षिय धन बहादुर थापाको मृत्यु भएको जिलला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय बल बहादुर लम्तरीले बाँदर ठानेर हानेको गोलीले थापालाई लागेको थियो । गोली लागेका थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लम्तरीले चलाएको भरुवा बन्दुक अवैध रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने लम्तरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बाँदर ठानेर थापालाई गोली प्रहार गरेको प्रहरीलाई बयान दिएका छन ।

Promise Education Consultancy