आफै समाचार बनेको क्षँण, परेवाकोट दुर्घटना

 

दीपेन्द्र बडुवाल
समाचारको खोजीमा चाहर्दा चाहदै आफै प्रथम पृष्ठको समाचार भइयो । सधै स्कुपु समाचारको चाहना हुन्थ्यो । आफै स्कुपु बनियो । तर सुखद होइन दुखद । दुर्घटनाले लिन्छ ज्यानु यो तथ्य सबैलाई जाहेरै छ । एउटा नट बोल्डको भरमा चल्ने सवारीमा यात्रा गर्नु मानव बाध्यता हो । हुनिलाई टार्न सकिन्न ।
२०६४ पुस १७ गते बेलुकी देशका हरेक तरंग माध्याममा एउटै समाचार बजेको थियो रे ुब्रेकिङ न्युजु का रुपमा -ु चितवनका पत्रकार सवार ट्रयाक्टर दुर्घटना । संचारको दु्रतर बिकासले त्यो घटनाको समाचार त्यसै दिन देश भर फिजियो । दुर्घटनामा ३ जनाले ज्यान गुमाए । मृत्युको नजिकबाट हामी केही साथीहरु फिर्ता आयौं । आफन्त परिवार सहकर्मी शुभेच्छुक सबैलाई मर्माहत बनाए । अहिले म पनि फेरी पत्रकारितामा कि्रयाशिल छु ।
घटनाले मेरो भौतिक शरिरमा लागेको चोट भन्दा गहिरो घाउ मैले भेरा शुभचिन्तक र आफन्तलाई लगाए । घटना पछि थुप्रै प्रश्न खडा भएका छन । म आफैलाई गंभीर प्रश्न गर्छु । जवाफ दिन्छु र चित्त बुझाउछु । परेवाकोट घटनाले पत्रकार कति असुरक्षिँत छन भन्ने देखाएको छ । यसअघि सम्म बन्दुकको त्रास थियो । अब अर्को त्रास थपिएको छ । कसैले निम्तो गरेको भरमा हामी पत्रकार जाने गछौ । तर दुर्घटनामा परेपछि बेहोर्नु पर्ने बिचल्ली खतराका रुपमा देखा परेको छ । त्यसले पत्रकार मात्र होइन उसको परिवारलाई समेत असुक्षिँत बनाउंदो रहेछ ।
दुर्घटनामा पत्रकार परेको जानकारी खासै हुदैन । जो पर्छन तिनलॆ दिर्घकालिन समस्या खेप्नु परेको छ । दुर्घटनाबाट उम्किएपछि त्यसले पार्ने मानसिक असर झन कठोर हुँदो रहेछ । अहिले म स्वस्थ्य छु । तर गाडी चढन र लामो यात्रा गर्न डर लाग्छ । डरको उपचार छैन । परेवाकोट घटनाले कार्यक्रमका आयोजकको बेवास्तालाई समेत उजागर गरेको छ । एउटा समाचार प्रकाशित भएपछि पत्रकारलाई चिया समोसा खुवाउने आयोजक दुर्घटनामा परेपछि वास्ता गर्दा रहेनछन । म संगै दुर्घटनामा परेका साथीले पनि आयोजकको बेवास्ता भोग्यौ । यसले पत्रकार आफनो गन्तव्य प्रति सचेत हुनुपर्ने देखाएको छ । म त बांचे सिर्फ मेरो संस्था कान्तिपुरका कारण । कान्तिपुरले त्यतिबेला चलाएको ुरेस्कयु अपरेशनु नेपाली इतिहांसमै उदाहरणीय बन्नेछ । सेनाको नाइट भिजन हेलिकोप्टरबाट सायदै पत्रकारको अब उद्धार होला ।
मेरो उपचारमा संलग्न डा उपेन्द्र देबकोटाले नै एम्बुलेन्समा उपचारार्थ ल्याएकॊ भए थानकोट नकटने बताएका थिए । उनी मेरो संस्था प्रति कृतज्ञ थिए । समयमा अस्पताल पुर् याइ दिनाले मेरो ज्यान बचाउँन पाएकोमा उनमा हर्ष थियो । मह¨ाे अस्पतालमा उपचार भएर निको भएपछि मैले व्यक्तिगत रुपमा बधाइ दिनुपर्ने मान्छे धेरै छन । तर त्यसो गरे अन्याय होला । म छुटाउन सक्छु धेरै जनालाई । किनकी म घटनाको ५ दिन पछि मात्रै होसमा आएको थिए । होसमा आउदा मैले पुन यो संसारमा पुनः जन्म लिएको थिए । तसर्थ मेरो पुर्नजन्ममा भुमिका खेल्ने सबैलाई हृदय देखि धन्यबाद । तर धन्यवादले गुन तिर्न पुग्दैन ।
यो दोश्रो जुनीमा पनि म शकि्रय पत्रकारिता गरीरहेको छु । मलाई घटनाको दिन देख्नेले अहिलेको रुपमा देखेर आश्चर्य व्यक्त गर्छन । उनिहरु पत्याउदैनन । तर बिज्ञानको चमत्कार । मरेको मान्छे पनि फेरी पत्रकारीता गरीरहेको छु । यो बीचमा मैले लामो अवधि फिल्डमा कुदेर चलायमान रिर्पोटिङ गरे । परिवर्तित अवस्थामासमाजका हरेक बिषयमा थोरै भएपनि कलम चलाइरहेको छु । जीवन यात्राजारी रहेसम्म पत्रकारिता गर्ने हौसला मिलेको छ । यहां अलिकति भएपनि घटना विवरण उल्लेख गर्नु जरुरी छ ।
पुस १७ २०६४ जाडो याम थियो । बिहानी सिरेटोका कारण सिरकबाट मुक्ति मिलेको थिएन । ओछयानमा निन्याउँरो मुहारमा बसिरहेको थिए । योजना अघिल्लो दिनको थियो । खाना पकाउँने तयारीमा थिए । त्यत्तिनै बेला कालिका एफएमका संवाददाता निर्मल कुँवरले कान्तिपुर कार्यालय अगाडीबाट फोन गरे । दाइ परेवाकोट जाउँन भने । उनी संग म सिराइचुली पुगिसकेको थिए । सौराहामा सम्पन्न हात्ती दौड र फुडफेष्टीवलको समाचार संकलन उत्कृष्ट गरेको थिए । त्यसको हौसला कायम थियो । फॆरी पर्यटन र पर्यावरण भनेपछि हुरुक्कै हुन्थे ।
खासै तयारी गरिन । बुटवलमा कार्यरत छंदा पाल्पा र अर्घाखांचीका पहरामा जटिल यात्रा गरेको थिए । रत्ननगर उद्यँेग बाणिज्य संघको कार्यालयबाट टयाक्ट्रमा १ घंटाको यात्रा गरेपछि लोथर पुग्यौं । मलाई परेवाकोट पहाडमा होला भन्ने जानकारी थिएन । तर बजार नछोएरै टयाक्ट्रर पहाडतिर हानियो । परॆवाकोटमा घुयेत्रो महोत्सव थियो । बिहान चढने बेलामा टयाक्ट्रर पछाडी घर्केको थियो । दुर्घटनाको डरले १ दर्जन संचारकर्मी ओर्लेर पैदल हिडयौ ।
दिउसो १ बजेतिर परेवाकोट पुग्यौ । सबै जना भेला भैसकेका थिए । खोंचमा रहेको कोरियन चर्चमा कार्यक्रम थियो । बिद्यँर्थी अविभावक स्थानीय सर्वसाधरण कामकाज छोडेर रमिता हेर्न आएका थिए । पैदल डेढ घण्टाको उकालो छिचोलेर थुप्रै बिद्यँर्थी पुगेका थिए । प्रँय भोकै गएकाले केही घरमा भान्सा चलेको थियो । हामी पनि भोकै थियो । डांडामा फोन टिप्थेन । मेरो मोवाइलु ले टिप्थ्यो । मैले घरमा सम्पर्कको प्रयास गरे भएन ।
कार्यक्रम सुरु भयो । टाटासुमो चढेर आएका नेपाल होटल एशोसिएशनका अध्यक्ष प्रकाश श्रेष्ठले उदघाटन गरे । एकै छिनमा सिकारी बनेका २१ जना चेपाङले घुयत्रो र भालाले सुंगुरको सिकार गरे । मैले धित मारेर फोटो खिचें । सबैले त्यसो गरे । छोटो कार्यक्रम सकियो । पिछडिएको परेवाकोट चेपाङ राजधानी रहेछ । थुप्रै पुरातात्विक कुरा देखियो । समाचारमा उल्लेख गर्ने मनसायले केही कुरा डायरीमा टिपियो । त्यतिन्जेल सांझको ५ बजिसकेको थियो । हामीले फर्किनु अघि परेवास्वरी माईको दर्शन गर् यौ ।
भोकले आँखाका परेला लत्रिसकेका थिए । हामी संगै सवार कोरियन बिद्यालयका बिद्यँर्थी संग दालमोठ र चिउरा थियो । त्यो सबैले खायौ । सुख्खा चिउरा र नुनीलो दालमोठले अलिकति जोश भरेको थियो । गाउलेले फेरी आउनुस है भन्दै थिए । टयाक्ट्रर ओरोलोमा उफि्रदै हुंइकिरहेको थियो । पहलिोपटक टयाक्टरको यात्रा भोकको नशा अनि परिवार सम्झेर मनमा बैराग लागिरहेको थियो ।
गाउँ सकिएपछि ओरोलो सुरु भयो । गाउ छुटने ठाउँमा भाज्यांग जस्तो थियो । तारे भीर थियो । पारी पट्टि मकवानपुरको गाउँ अलिअलि देखिन्थ्यो । अलि तल झरेपछि जंगलमा झयाउकिरीका आवाज मात्रै सुनिन्थे । एक्कासी ३ पटक आवाज सुने ुब्रेक फेल भो भित्तामा ठोक्काउ ु । बस यति मात्र त्यस पछि के-के भयो थहा छैन ।
घटनाको चौथो दिन म होसमा आउदा न्युरो अस्पतालको आइसियुमा थिए । टाउकोको अप्रेसन गरेको जानकारी दिएपछि म मुस्कुराए मात्रै । क्याविनमा पुगेपछि घटना’bout थाहा भो । ११ दिन अस्पताल बसेपछि ममा भएको सुधार देखेर चिकित्सकले घरमा आराम गर्न सल्लाहा दिए । साढे २ महिना काठमाण्डौमा आराम गरी हलुका बनेपछि चितवन आए । काठमाण्डौ छंदा थुप्रै हितैषीले भेटे । तिनमा पनि कान्तिपुर व्यवस्थापन र सम्पादकीय साखाका सहकर्मी जसले मलाई पुर्नजीवन दिन मद्धत गरे तिलाई सम्झिरहेको छु । अरु संस्थाका आदरणीय दाजुहरु दिदिअरु र आफन्त सम्झिने प्रयास गर्छु । मेरो कार्यालयले गरेको कामको सबैले प्रशंसा गरीरहेका छन । तर पत्रकार हक हितका लागि खुलेका संस्थाले सस्तो भलाखुसारी बाहेक केही गरेनन । त्यो देखेर चिन्ता लाग्यो । सोचे सबैको उपचार कार्यरत संस्थाले नगर्लान । त्यस्तो बेला ज्यान गुमाउनु बाहेक बिकल्प रहेने छैन ।

Promise Education Consultancy