युवाहरुले चितवनमा मनाए टोपी दिवस (फोटो फिचर)

आनन्द पोखरेल
चितवन, १७ पुस । अङ्ग्रेजी नयाँ वर्षमा विश्वभरी रहेका नेपालीहरुले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएका छन् ।

सोमबार परेको पाँचौँ अन्तर्राष्ट्रिय टोपी दिवसको अवसर पारेर चितवनमा विभिन्न क्षेत्रमा सक्रिय रहेका युवाहरुले नारायणगढ बजारमा ¥याली समेत निकालेका छन् । ढाका टोपीमा सजिएका युवा युवतीहरुले नारायणगढको पुलचोकबाट निकालेको ¥याली सहिदचोक, लायन्सचोक हुँदै भरतपुरको चौबिसकोठीमा पुगेर सकिएको थियो ।

चितवनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय टोपी दिवसको ¥यालीका क्रममा विदेशी नागरिकहरु समेत सहभागी भएका थिए । नेपाली टोपीले विश्वमा नेपालीको पहिचान झल्काउने भएकोले यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा युवाहरुले जोड दिएका थिए ।

विगत पाँच वर्षदेखि नेपाली टोपीको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको रुपमा मनाउन थालिएको हो ।

Promise Education Consultancy