उवासंघ चितवनमा राजुको विकल्प छैन् : व्यवसायी

चितवन, १८ पुस । उद्योग बाणिज्य संघ चितवनमा राजु श्रेष्ठको बिकल्प नभएको व्यवसायीहरुले बताएका छन् । व्यवसायीलाई हरेक समय सुखदुखमा साथ दिने र व्यवसायीको व्यवसायीक हितका साथै उद्योग बाणिज्य संघ चितवनको संगठनीक विकासका लागि श्रेष्ठको योगदान निकै ठुलो रहेको व्यवसायीहरु बताउछन् ।
विगत १० वर्ष देखी उद्योग बाणिज्य संघ चितवनको विभिन्न पदमा रही श्रेष्ठले निकै लोकप्रिय कामहरु गरिसक्नु भएको छ । श्रेष्ठको प्यानलनै ब्यवसायीको हितका लागी काम गर्न सक्ने रहेको र उद्योग बाणिज्य संघको बिभिन्न पदमा रहेर काम गरिसकेको टोलि भएको व्यवसायीहरु बताउछन् ।
श्रेष्ठ नेतृत्व टोलीलाई बजारका बिभिन्न व्यवसायीक संघ संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरि स्वागत समेत गर्दै आएका छन् ।

 

सोमबार लायन्सचोक स्थति तरकारी बजारका फलफुल तथा तरकारी व्यसायीहरुले वर्तमान अध्यक्ष राजन गौतम अध्यक्षका उमेदवार राजु श्रेष्ठ र उहाको प्यानलका सबै पदाधीकारी तथा सदस्यका उमेदवारहरुलाई खादा तथा अबिर लगाएर स्वागत गरेका थिए ।
श्रेष्ठको टिम व्यवसायीको हितका लागी र उद्योग बाणिज्य संघको चौतर्फी बिकासका लागी दक्ष रहेकोले आफुहरुले श्रेष्ठको टिमलाई साथ दिने तयारी गरेको ब्यवसायीहरुले बताए ।
व्यवसायीको दुखमा सहजै जहिले पनि रातपनि नभनी दिनपनी नभनी घाम र पानि पनि नभनी व्यवसायीको हक अधिकार स्थापित र समस्या समाधान गर्न राजु श्रेष्ठको निकै ठुलो देन रहेको र उहालाई साथ दिनु विधि र विद्यान सम्वत भएकोले आफु श्रेष्ठको प्यानल बाट मौदानमा होमिएको ब्यवसायी बिपिन रामुदामुले बताउनुभयो ।
आफुले ब्यवसायीको हक हितमा काम गर्न सक्ने र आफुलाई ब्यवसायीको निकै ठुलो माया र स्नेह भएकाले व्यवसायीको चाहाना पुरा गर्न आफु नेतृत्वमा आएको श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठले लक्ष्मी नारायण बस्त्रालयको समस्या समाधान देखी, बजार अनुगमन, न्युन बिजिकरणको समस्या लगाएतका सबै खाले समस्या समाधानमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ ।