फेरिदै बागेश्वरी गै संरक्षण

प्रकाश सिग्देल
देवघाट, १८ पुस । वागेश्वरीमा रहेको योगी नरहरी नाथ गौ संरक्षण केन्द्रको स्वरुपमा परिर्वतन भएको छ । विगतमा व्यवस्थीत गौशाला र व्यवस्थीत संरचना नहुदा त्यो क्षेत्र कुरुप बनेको थियो ।
योगी नरहरी नाथको मुख्य केन्द्रका रुपमा रहेको सो क्षेत्र धार्मीक रुपमा निकै महत्वपुर्ण रहदा रहदै पनि उचित संरक्षण्ण नहुदा जिर्ण बनेको थियो ।
त्यहा ब्यवस्थीत गौशाला तथा गौ सेवक आवासका लागि कुटी समेत नहुदा गौ सेवकहरु तथा गाई लाई समेत बस्नका लागी निकै समस्या रहदै आएको थियो । त्यस्तै सो क्षेत्रमा रहेका बिभिन्न देबी देवताको मन्दिर तथा योगी नरहरी नाथको कुटी र होमन कुण्ड क्षेत्र कुरुप बन्दै गएको थियो । बागेश्वरी क्षेत्र ब्यवस्थीत हुन नसकेपछि देवघाट क्षेत्र बिकास समितिका अधयक्ष टंकनाथ पौडेलको अध्यक्षतामा गौ संरक्षण समिति गठन गरि आर्थीक संकलन गरी काम सुरु गरेपछि सो क्षेत्रले मुहार फेर्न थालेको गौ सेवकहरु बताउछन् ।
निकै अवेबस्थित रहेको सो क्षेत्रलाई ब्यवस्थीत बनाउनका लागी गौशाला निमार्ण, गौ शेवक कुटी निमार्ण, धर्मशाला निमार्ण बिभिन्न मन्दिर तथा गुरु योगी नरहरी नाथको कटी निमार्णमा आफुहरु सक्रिय भएको गौ संरक्षण केन्द्रका सह संयोजक उमासंकर अग्रवालले बताउनु भयो ।
यतिबेला त्यहा रहेका करिव १५० भन्दा बढि लोक्कल जातका गाईहरुका लागी ब्यवस्थीत गौशाला , त्यहा गाई संरक्षण गर्ने गौ सेवकहरुका लागी ब्यवस्थीत कुटी, धर्मशाला तथा योगी नरहरी नाथको तपस्या स्थल गोलघर र होमन कुण्ड निमार्णको काम निकै तिब्र रुपमा अगाढी बढेको उहा बताउनु हुन्छ । त्यस्तै गौ संरक्षण केन्द्रको मुलगेट । चौतार निमार्ण रगंरोगन त्यहाको महत्वपुर्ण मन्दिर बागेश्वरीकोे मन्दिर तथा अन्य देबी देवताको मन्दिर मर्मत सम्भार तथा रंग रोगनको काम भईसकेको अग्रवाल बताउनु हुन्छ ।
बगेश्वरीको स्वरुप निकै राम्रो बन्दै गएको र निर्माणधिन संरचना निमार्ण सम्पन्न भएपछि साच्चौ बागेश्वरी निकै नमुना र आक्रसक बन्ने उहाको भनाई छ ।
बगेश्वरीलाई नमुना र ब्यवस्थीत बनाउन पुरै कार्यसमिति निकै लागी परेको अग्रवालको भनाई छ ।

Promise Education Consultancy