अंग्रेजी नयाँ वर्षमा सौराहामा आन्तरिक पर्यटकको घुईचो, व्यवसायी उत्साहित (भिडियो)

राजेन्द्र आचार्य
चितवन, १७ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटकहरुको घुईचो लागेको छ । भुकम्प, नाकावन्दी, नारायाणगढ मुग्लिन सडकका कारण सुस्ताएको चितवनको सौैराहाको पर्यटन क्षेत्रमा अग्रेजी नयाँ बर्ष २०१८ सगैँ बाह्य भन्दा आन्तरिक पर्यटकहरुको घुईचो लागेको हो । जसका कारण यतिवेला व्यवसायीहरुमा खुसीयाली पनि छाएको छ ।
भुकम्प, नाकावन्दी बाटो जाम लगायतको कारणले सुस्ताएको सौराहा सहितको पर्यटकीय क्षेत्रहरूमा अहिले नयाँ बर्षसगै सोचे भन्दा दोब्बर बढी आन्तरिक पर्यटकको घुइचो लागेकोपछि पर्यटन वयवसायीहरुमा खुसीयाली छाएको क्षेत्रिय होटल संघका सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।
नयाँ बर्षको अवसरमा परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि सौराहामा आएपछि भीड लागेको व्यवसायीहरूले बताएका छन् । नेपाली नयाँ बर्ष २०१८ सगैँ यहाँका होटलहरु गतबर्षभन्दा दोब्बर पर्यटकहरुद भित्रएको रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले जानकारी दिए र
नारायणगढ मुग्लिन सडकका निराश बनाएको अवस्थामा नयाँ बर्ष को पहिलो दिन नै धेरै पर्यटकहरु आउदा आफुहरु उत्साहित भएको क्षेत्रिय होटल संघ सौराहाका महासचिव रामणि खनालले बताए ।
दैनिक २ हजार ८ सय पर्यटक राख्न सकिने सौराहाम अंग्रेजी नयाँ बर्ष मनाउन आएका पर्यटकहरु गएराती १२ बजेसम्म सौराहामा विभिन्न सांगितिक कार्यक्रमको रमाईलोमा भुलेका थिए । सो अवसरमा गायक, गायिकाहरु रामचन्द्र काफ्ले, जूनु रिजाल, डिवी लोप्चनले गीत पर्यटक नाच्दै रमाएका  थिए ।

New Year Program Sauraha

Publié par Suman Ghimire sur dimanche 31 décembre 2017

 

 

नयाँ बर्षलाई स्वागत गर्न सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेन्ट पर्यटकले खचाखच थियो भने यहाँका ठुला होटल आफैंले पनि सांगितिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

चितवनको सौराहामा जोडी तथा रमाईलोका लागि समुहगत रुपमा आन्तरिक पर्यटकहरु भिड उल्लेख छ ।
नयाँ बर्षको अवसर परि निकुञ्जमा दुई दिनमा २० हजार बढी पर्यटक आएको र समग्रमा २० हजार पर्यटकहरु आएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकल बताए ।

निकुञ्ज घुम्दा देखिने पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर पन्क्षीहरूले पर्यटकको मन जित्ने गरेको संघका सदस्य एवं युनिक वाईल्डलाईफ होटलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र भट्टराईले बताए ।
निकुञ्जमा जिप सफारी, हात्तीबाट वन सफारी, डुङ्गा सयर, जङ्गल घुमफेर, हात्ती प्रजनन् केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्दै पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर चराचुरुड.गीले पर्यटकको मन लोभाउने गर्दछ ।
पर्यटक आउँदा सौराहाका पव, रेष्टुरेन्टका छाप्राहरू पनि भरिभराउ देखिएका छन् । गएको वर्ष भन्दा अहिले ४० प्रतिशत पर्यटकको सख्या वृद्धि भएको क्षेत्रिय होटल संघले जनाएको छ । चितवनको सौराहा मात्रै नभई भरतपुर, पटिहानी, जगतपुर, मेघौली, का होटलहरूमा पनि आन्तरिक पर्यटकको सख्या ह्वात्तै वढेको छ ।

Promise Education Consultancy