यस्तो एउटा अनौठो परम्परा पाँच दिन सम्म नवदुलही निर्वस्त्र बस्नु पर्ने

तपाइँले विवाहका अनौठा परम्पराहरु सुन्नुभएकै होला । तर यो परम्परा अझै अनौठो छ । छिमेकी देश भारतमा एउटा यस्तो गाउँ छ जाँ विवाहित महिलाहरुले ५ दिनसम्म कपडा नै लगाउँदैनन् । ती पाँच दिन महिलाहरु निर्वस्त्र रहन्छन् ।

भारतको हिमाञ्चलस्थित पिणी गाउँमा वर्षौँदेखि यो संस्कार चलिरहेको छ । मणिकर्ण उपत्यकास्थित यो गाउँमा विवाहित महिलाहरुले ५ दिनसम्म अन्य कपडा जिउमा लगाउँदैनन् र केवल ऊनबाट बनेको पछ्यौराले जिउ छोपेर बस्दछन् ।

यी ५ दिनसम्म पुरुषहरुले रक्सी पिउँदैनन् । वर्षका यी पाँच दिन लोग्ने स्वास्नीबीच अरु क्रियाकर्म त परै जाओस् हँसिमजाक र बोलचाल सम्म पनि हुन्न । एक अर्कामा अनजान जस्तै व्यवहार गर्दछन् । महिलाहरु पुरुषको नजिक पर्दैनन् र पुरुषहरुले पनि त्यसक्रममा विभिन्न नियमहरु पालना गर्दछन् ।

हरेक वर्ष अगष्ट १७ देखि २१ सम्मको पाँच दिनलाई कालो महिनाको रुपमा मनाउने चलन छ उक्त गाउँमा । किम्बदन्ती अनुसार परापूर्व कालमा लाहुआ घोडा देवताले राक्षणको संहार गरी गाउँलाई सुरक्षित बनाएको समयदेखि यो परम्परा चलिआएको छ । एजेन्सी