दृष्टीविहीन लक्ष्मणप्रसादले गरे पीएचडी

काठमाडौँ, १७ पुष ।  गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुनुहुन्छ। तर, दृष्टिविहीन भए पनि उहाँलाई केही फरक परेन ।दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ उहाँ ।

त्यो हो उहाँले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि ।

त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहका अवसरमा आइतबार आयोजित कार्यक्रम निकै खुसी देखिनुहुन्थ्यो ज्ञवाली । खुसीले गद्गद् मात्र होइन, पीएचडी पदवीले दीक्षित हुन पाउँदा हर्षविभोर नै हुनुहुन्थ्यो ।

उहाँले आफ्नी आमा, छोराछोरी र श्रीमतीलाई एकदमै ‘मिस’ गर्नुभयो। र, भन्नुभयो– ‘मेरो परिवारले सहयोग नगरेको भए डाक्टर हुन पाउँथिन होला, धन्य मेरो परिवार।

छोराछोरीको सहयोग साह्रै महत्त्वपूर्ण हुँदोरहेछ, श्रीमतीको योगदानको त कुरै नगरौं ।’ आजको नेपाल समाचारपत्रमा  खबर  छ।

Promise Education Consultancy