ईच्छाकामना पूर्णखोपयुक्त गाउँपालिका घोषणा

चितवन, १६ पुष । चितवनको एक मात्र ईच्छाकामना गाउँपालिका पूर्णखोपयुक्त गाउँपालिका भएको छ ।गाउँपालिकाको ७ वटै वडाका बालबालिकाले एक बर्षभित्र सरकारले संचालन गरेको सबै प्रकारको खोप पाएको सुनिश्चत भएपछि पूर्णखोपयूक्त गाउँपालिका घोषणा गरिएको हो ।
नेपाल सरकारका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले गाउँपालिकाको कार्यालय कुरिनटारमा एक भव्य कार्यक्रमकाबीच पूर्णखोपयूक्त गाउँपालिका घोषणा गर्नुभयो ।कार्यक्रममा बोल्दै राज्यमन्त्री शेषनाथ अधिकारीले यसलाई निरन्तरता दिनु पर्ने बताउनुभयो

यसैबीच विशेष अतिथि जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख एंव जिल्ला खोप समन्वय समितिका सदस्य सचिव विजय कुमार झाले पुष १६ लाई ऐतिहासिक दिन मानेर पूर्णखोपयुक्तलाई निरन्तर दिन सुझाव दिनुभयो । ईच्छाकामना गाउँपालिकाले पूर्णखोयुक्त घोषणा गर्दा जिल्ला जनस्वास्थ्य कार्यालय टिम र आफुलाई हौसला बढेको बताउनुभयो ।
यसले स्वास्थ्य प्रतिको संवेदनशिलता कती भएको भन्ने पुष्टी हुने भन्दै स्वास्थ्यकर्मी मात्र नभई बाआमा स्वंय संवेदनशिल हुनु पर्ने बताउनुभयो ।

एक वर्षका बालबालिकालाई बिसिजी, डिपीटी, पोलियो, दादुरा रुबेला लगायतका ११ रोगका खोप दिइपछि पूर्णखोप भएको मानिने उहाँले बताउनुभयो ।यस माहान कार्यमा संलग्न स्वास्थ्यकर्मी स्वंयसेकिा लगायत सम्पुर्णलाई धन्यावाद दिनुभयो ।

कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका स्वास्थ्य प्रमुख धन कुमार खड्काले १२ देखी २३ महिना सम्मका ५०८ जना बालबालिकाहरुले पूर्ण खोप पाएको जानकारी दिनुभयो । प्रमुख खड्काले ११ महिना सम्मका ५५१ जना बालबालिकाहरुले निरन्तर खोप लगाईरहेको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय र ईच्छाकामनाको स्वास्थ्य शाखाबाट प्रत्येक वडामा सर्भे सम्पन्न गर्दा कुनै पनि बालबालिकाले खोप लगाउन छुटेको नपाएपछि जिल्ला खोप समन्वय समितिबाट निर्णय भई पूर्णखोपयूक्त गाउँपालिका घोषणा गर्न स्वीकृत प्राप्त भएकोले घोषणा गरिएको प्रमुख खड्काले बताउनुभयो ।

गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेपाली कांग्रेका विष्णु कुँवर, एमालेका जिल्ला सचिवालय सदस्य नारायण अधिकारी, माओवादी केन्द्रका गाउँपालकाका इन्चार्ज प्रताप गुरुङ लगायतको आतिथ्य रहेका थिए ।
ईच्छाकामना गाउँपालिकाका ५ वटै स्वास्थ्य चौकीका प्रमुख, स्वंयसेवक र विभिन्न संघसस्थाका प्रतिनिधि लगायत गाउँपालिकाका सात ओटै वडाका जनसहभागीता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य सम्बन्धी नाटक, दोहोरी गीत प्रस्तुती आमा समुह विद्यार्थीहरुबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रम पूर्व कुरिनटार बजारमा ¥याली निकालिएको थियो । साथै कार्यक्रममा स्वंयसेवक, स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।
सविकको दारेचोक, चण्डिभञ्ज्याङ, दाहाखानी र काउले एकिकृत भई ईच्छाकामना गाउँपालिका बनेको हो । गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।

Promise Education Consultancy