बन्दुक बोकेको फोटो फेसबुकमा अपलोड गर्दा

धनुषा,१६ पुष । कहिलेकाहीँ अरुलाई देखाउने धुनमा रहदाँ फेसबुकबाट विभिन्न फोटोहरु अपलोड गर्दा त्यसबाट आफुलाई असर पर्ने कुरा तिर ध्यान जादैँन । फलस्वरुप जिवनमा ठुलो समस्या आउन सक्छ । धनुषामा तीन जना युवालाई यस्तै आपत आईलागेको छ।
एक युवकले बन्दुक बोकेर हिँडेको फोटो फेसबुकमा हाल्दा उनी सहित तीन जना पक्राउ परेका छन् ।

गणेशमानचारनाथ नगरपालिका ८ बस्ने लक्ष्मी यादबले सोहि स्थानका इन्द्र कुमार महतो र संजय महतोसँगै बन्दुक बोकेर सार्वजनिक स्थलमा हिँडिरहेको फोटो फेसबुकमा हालेका थिए ।

उनले बन्दुक सहितको फोटो फेसबुकमा पोष्ट गरेपछि तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाइ अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।

Promise Education Consultancy