सहन प्रधानलाई यसकारण समर्थन पूर्व अध्यक्षहरुको ?

चितवन पुस १६ । उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्षहरु सहनलाल प्रधानको पक्षमा खुलेर लागेका छन् । हालको नेतृत्वले संघको छवि बिगारेको भन्दै उनिहरु प्रधानको पक्षमा खुलेरै चुनावी प्रचार प्रसारमा लागेका हुन् ।
भरतपुरमा पत्रकारहरु संगको आनौपचारिक कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानले उद्योग बाणिज्य संघको नेतृत्वले संघको विधि विधान मिचेर संस्था चलाउन खोजेको आरोप लगाउँदै प्रधान नेतृत्वको पक्षमा खुलेर लाग्नुपर्ने बाध्यता सृजना भएको बताउनुभयो । कुनै पनि अध्यक्षले संघको आधिकारीक उमेद्वारको घोषणा गर्न नपाउँने भन्दै हालका अध्यक्षले गरेको निर्णय विधान विपरित भएको उहाँले दावि समेत गर्नुभयो ।

प्रधानले संस्था जोगाउनको लागि एउटै पक्षमा लाग्नुपर्छ भन्ने पुर्व अध्यक्षहरुको सल्लाह अनुसार सहन प्यानललाई सहयोग गरेको बताउनुभयो । यसरी संघका पुर्व अध्यक्षहरु व्यक्तिविशेषको पक्षमा चुनावी प्रचार प्रसार गर्न हिडेको पहिलो पटक हो ।
कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष मित्रराज दवाडीले वर्तमान नेतृत्वले उलेख्य काम गर्न नसकेको निष्कर्ष सहित पुर्व अध्यक्षहरु एक ठाउँमा आउनुपर्ने बाध्यता आएको बताउनुभयो ।

अहिलेको अवस्थामा संघ राम्रो संग सञ्चालन नहुँने दावि गर्दै दवाडीले स्वच्छ छवि भएको व्यक्तिलाई जिताउनको लागि व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले संघको वर्तमान नेतृत्व एकलौटी रुपमा अगाडी बढेको भन्दै संघका कर्मचारीलाई राजिनामा दिन बाध्य पार्ने काम समेत गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्षका उमेद्वार सहनलाल प्रधानले व्यवसाय र चितवनको आर्थिक विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभएको छ । यस अघि नारायणगढको फुटपाथ व्यवस्थापन, कर तथा राजनश्व व्यवस्थापन , नारायणी किनारमा सोलार जडान गर्ने काम आफ्नो पहलमा भएको दावि गर्दै प्रधानले आगामी दिनमा पनि उद्योगी व्यवसायीक तथा संघको संरक्षण गर्न लागि पर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा संघका पुर्वअध्यक्ष महेन्द्रलाल प्रधान, कल्याण जोशी, बरिष्ठ उपाध्यक्ष उमेद्वार चुननारायण श्रेष्ठ, उपाध्यक्षका उमेद्वारहरु सुमनलाल श्रेष्ठ, भोजराज कौड्याल र चिरञ्जिवी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Promise Education Consultancy