स्पन्दन नेपालद्धारा गरिब विद्यार्थीलाई सहयोग

 

आशा खरेल

चितवन, १६ पुस । भरतपुर १० स्पन्दन नेपालले कालिका नगरपालिका वडा नम्बर ११ कल्याणचौर चितवनमा रहेको श्री राष्ट्रिय आभारभूत विद्यालयका विधार्थीहरुलाई सहयोग गरेको छ ।
विद्यालयको अवस्था हेर्दा एकदमै नाजुक भएकाले गर्दा सानो सहयोगले गर्दा न्यानोबाट विधार्थीले केही राहत पाउन सक्छन् भन्ने उद्धेश्यले स्पन्दन नेपालका ११ जना महिलाले ४० हजार बराबरको रकम जुटाई स्वीटर, टाउजर, टोपी, बिस्कुट, भुजा र चिउरा सहयोग गर्नु भएको थियो । स्पन्दन नेपाल संस्था बिभिन्न दुखि, गरिबको ओत ढाक्नको लागि परोपकारमूलक काम गर्ने हिसाबले महिलाहरुले अहिलेसम्म बिभिन्न ठाउँमा यस्ता कार्यक्रम गर्दै आउनु भएको छ ।
यस कार्यको संयोजन संस्थाको सदस्य अनिता खनालले गर्नु भएको थियो । यसभन्दा पहिला पनि यस संस्थाले वडा नम्बर १० सँग सहकार्य गरेर बाटेको धुप बनाउने तालिम, वातावरण मैत्री झोला बनाउने तालिम ठिमुरामा चेतनामूलक कार्यक्रम र बालसंस्कार सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।
आज यस संस्थाले श्री राष्ट््िरय आधारभूत विद्यालयका ३६ जना छात्रा र २७ जना छात्र गरी विद्यालयमा अध्ययनरत ६३ जना विधार्थीलाई जाडोबाट जोगाउने उद्धेश्यले विशुद्ध सेवा गरेको हो । स्पन्दन नपालका अध्यक्ष बिमला दाहाल बिशिष्ट अतिथी रहेको सो कार्यक्रममा स्पन्दन नेपालका सचिव इन्दिरा भुषाल,उपाध्यक्ष गोमा भटराई,सदस्य अनिता खनाल,साबित्री पौडेल,रञ्जु मैनाली, बिमला घिमिरे, शकुन्तला धरेल, सोही विद्यालयका प्रध्यानध्यापक दिनेश प्रजा शिक्षिका सरस्वती तामाङ्ग र बिनिता चेपाङ्ग लगाएतको उपस्थिति रहेको थियो । सो विद्यालयमा नर्सरीदेखि कक्षा ४ सम्म पढाई हुँदै आएको छ ।
२०३४ सालमा स्थापना भएको विद्यालयमा अहिलेसम्म कुनै परिवर्तन हुन नसकेको ६३ जना विधार्थीहरुका लागि अहिलेसम्म ३ वटा बस्ने बेन्च मात्र रहेको छ । ति कलिला बालबालिका भुईमा बसेर पढ्न बाध्य भएका छन् ।
६३ जना विद्यार्थीहरुका लागि ३ जना शिक्षक शिक्षिकाले अध्यापन गराउदैँ आउनु भएको छ तर न बस्नको व्यबस्था छ न त शिक्षक शिक्षिकाले विधार्थीलाई पढाउनको लागि कालो पाटी वा सेतो पाटीको व्यवस्था पनि छैन । शिक्षक शिक्षिका एउटा कापिमा लेखेर पढाउन बाध्य भएका छन् ।
बिधार्थी १ घण्टा ३० मिनेट पैदल यात्रा गरेर विद्यालयमा पढ्न आउन बाध्य भएका छन् । विद्यालय व्यवस्थापनका अध्यक्ष मान बहादुर प्रजाले आफ्नो जग्गा दिएर विद्यालयको स्थापना गरेको जानकारी दिनुभयो । कार्यक्रम विधालय व्यवस्थापनका अध्यक्ष मान बहादुर प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Promise Education Consultancy