फागुन दोस्रो साता सत्ता हस्तान्तरण

काठमाडौँ, १६ पुष ।  प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।’

आयोगको प्रस्तावअनुसार निर्वाचन भए माघ मसान्तसम्म परिणाम आउने उनले बताए। उनले भने, ‘राष्ट्रियसभा निर्वाचन परिणाम आएपछि प्रतिनिधिसभा समानुपातिकको परिणाम आयोगले दिने भएकाले फागुन १०/११ गतेतिर नयाँ सरकार गठन हुनेछ। त्यसअगावै सरकारले चाहेर पनि सत्ता हस्तान्तरण हुन सक्दैन।’आजको अन्नपूर्णपोष्टमा खबर छ।

Promise Education Consultancy