सकियो चितवन हात्ती महोत्सव, संरक्षण विना पर्यटन असम्भव : मन्त्री पाण्डे (भिडियो)

राजेन्द्र आचार्य

चितवन, १५ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जारी चितवन हात्ती महोत्सव २०७४ सकियो छ ।
एक भव्य समारोहका विच वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले महोत्सवको समापन गरेका थिए ।
मन्त्री पाण्डे महोत्सव अन्र्तगत विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरेका थिए । सगै महोत्सव सफल बनाउनले १ दर्जन व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

सो अवसरमा बोल्दै मन्त्री पाण्डे संरक्षण विना पर्यटन असम्भव रहेको भन्दै संरक्षण लाग्न सबैलाई अनुरोध गरे ।
उनले नेपालको पर्यटन अर्थतन्त्रको मुख्य हिसा बनेको भन्दै जोविक विधिता संरक्षण र पर्यटन विकासका लागि सरकारले नयाँ नीति अबलम्बन गर्ने दवी पनि गरे ।
सो अवसरम बोल्दै महोत्सवका संयोजक दिपक भटट्राई हात्ती महोत्सवले नेपालकाृ पर्यटनमा नयाँ आयाम थपेको बताए ।
पुस ११ देखि १५ गते सम्म गरि ५ दिन सम्म चलेको महोत्सवका करिब १ लाख बढी दर्शकले अवलोकन गरेको र २ करोड बढी कारोबार भएको आयोजक संस्था क्षेत्रिय होटल संद्धका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
हात्ती पोलोको उपाधि माउण्ट एभरेष्ट ग्रुपलाई
चितवन हात्ती महोत्सव अन्तर्गत भएको हात्ती पोलोको उपाधि माउण्ट एभरेष्ट ग्रुपले जितेको छ ।
मेगा बैंकलाई ३ का विरुद्ध ६ गोल अन्तरले माउण्ट एभरेष्टले सो उपाधि जितेको हो ।


फास्टको उपाधी टुरिजम बैंकलाई
निर्धारित २० मिनेटको खेलामा माउण्ट एभरेष्टको टिमबाट चन्द्र तामाङले चार गोल र विश्वम्वर चौधरीले दुई गोल गरेका थिए । त्यसैगरी हात्ती फाष्टवाक प्रतियोगिताको उपाधि टुरिजम बैंकले जितेको छ ।
निर्धारित १ सय २५ मिटरको दुरी ३० सेकेण्डमा पार गरी लक्कीकलीले टुरिजक बैंकलाई उपाधि जिताउन सफल भएको हो । फाष्टवाकमा हिमालयन सोसल जर्नी द्धितीय भएको छ । प्रतियोगितामा कोकोकला तृतीय भएको छ ।


विभिन्न चरणमा खेलाईएको सो प्रतियोगिताको फाईनलमा ६ वटा हात्तीले प्रतिस्पर्धा गरेको महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।
हात्तीका छावाहरु बीचको रोमाञ्चकारी फुटवलको उपाधी सिजीलाई
त्यसैगरी हात्तीका छावाहरु बीचको रोमाञ्चकारी फुटवल प्रतियोगिताको उपाधि सीजी फुड्सले जितेको छ । कुमारी बैंकलाई ३–० गोल अन्तरले पछि पार्दै सीजीले सो उपाधि जितेको हो ।
सीजीका तर्फबाट खेल सुरु भएको ८ मिनेट ५४ सेकेण्डमा अमलटारी गजले पहिलो गोल गरेको थियो ।


सीजीकै कसरा गजले दोश्रो हापपछि लगातर दुई गोल गरेर सीजीलाई उपाधि जिताउन सफल भएका थिए । हात्तीका छावाहरुको फुटवलमा सबै भन्दा बढी गोल कसराजगले गरेको आयोजकले जनाएको छ ।
सो प्रतियोगितामा पनि ४ वटा समुहको सहभागिता रहेको थियो । छावाहरुको फुटवलका लागि चितवन निकुञ्जका ४ वटा हात्ती र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका ४ वटा हात्ती प्रयोग गरिएको थियो ।

Promise Education Consultancy