चितवन प्रहरीद्धारा १७ विगाहामा लागाएको गाजा खेती नष्ट

चितवन, १५ पुस । चितवनमा ठूलो क्षेत्रफलमा लगाएको अवैध लागु औषध गाँजा खेती नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको गाजाँ खेती नष्ट गर्ने अभियान अन्र्तगत १७ विगाहा बढी क्षेत्रफलमा लागाएको गाजा खेती चितवन प्रहरीको एक टोलीले नष्ट गरेको छ ।
चितवन प्रहरीकाृ बिशेष सुरक्षा योजना अनुरुप चितवन जिल्ला उत्तरी भेगमा रहेका राप्ती नगरपालिकाको अन्तर्गत बिभिन्न स्थानमा पेसागत रूपमा लागुऔषध गाँजा खेती गरेको भन्ने सुचनाको आधारमा सोही स्थानमा पुगी गाजाँ खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमखु एवं प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवन, ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, खैरहनी, भण्डारा समेतबाट प्रहरी टोली खटि गई स्थानिय जन प्रतिनिधि, नागरीक समाज तथा पत्रकारहरुको रोहबर गाजाँ नष्ट गरेको उनले बताए ।
प्रहरीले राप्ती न.पा. वडा नं. १२ स्थित वाख्राङ गाउँमा २ विगाहा १० कट्ठा जग्गामा, वडा नं.१३ कालिटार नजिकको गाउँमा ३ विगाहा १० कठ्ठा जग्गामा र वडा नं.१२ स्थित युईरालीटार र धानवाङ गाउँ नजिकै रहेको गाउँमा २ विगाहा १८ जग्गामा लगाईएको समेत गरी जम्मा ८ विगाहा १८ कट्ठा जग्गामा लगाईएको प्रतिवन्धित लागु औषध गाँजा खेती काटी आगो लगाई जलाई नष्ट गरेको थियो ।